Kanakai Online

अर्जुनधाराका रसाइली परिवारले पाए बिमाको ५१ लाख ५० हजार


मङ्गलवार, भदौ ३०, २०७७ |

कनकाई अनलाईन
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले विमितको मृत्युपछि दाबी भुक्तानी वापतको ५१ लाख ५० हजार रकम सम्बन्धित परिवारलाई सोमबार हस्तान्तरण गरेको छ ।
अर्जुनधारा ८ स्थित शनिश्चरे बजारमा सुनचाँदी व्यवसाय गरिरहेका सुजन रसाइलीले सन नेपाल लाइफ इन्स्यूरेन्स कम्पनीको बिर्तामोड शाखाबाट गत मंसिर ४ गते ५० लाखबराबरको जीवन विमा गर्नुभएको थियो । विमावापतको पहिलो प्रिमियम बुझाउनुभएका उहाँको एक महिना १९ दिनपछि पुस २१ मा हृदयघातका कारण निधन भएको थियो ।
इन्सुरेन्सले विमा भुक्तानी दाबी गरेअनुसार शनिश्चरे चोकमा एक अनौपचारिक कार्यक्रम गरी ५१ लाख ५० हजार रुपैयाँको चेक मृतकका आमा मनमाया रसाइली र श्रीमती रीना सुनारलाई हस्तान्तरण गरेको हो । इन्सुरेन्सका सहायक महाप्रबन्धक तुलसीनाथ पौडेल, बिर्तामोड शाखा प्रमुख विकास श्रेष्ठ, बरिष्ठ एजेन्सी मेनेजर प्रेमराज गिरी, रामप्रसाद घिमिरे, रुद्र निरौला लगायतले मृतकका परिवारलाई रकमबराबरको चेक हस्तान्तरण गर्नुभयो ।

पुस महिनामा घटना भए पनि लकडाउनका कारण सम्बन्धित परिवारले आवश्यक कागजात जुटाउन नसक्दा रकम हस्तान्तरण गर्न ढिला भएको बरिष्ठ एजेन्सी मेनेजर रुद्र निरौलाले बताउनुभयो । उहाका अनुसार कागजात पूरा भएको १५ दिनभित्र परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

सम्बन्धित खबर