कनकाई अनलाइन
कामाटोली,भदौ २९।बाल दिवसको अबसर पारेर झापा गाउँपालिका शिक्षा साखा र महिला तथा बालबालिका साखाको संयुक्त आयोजनामा बालबालिका संग अध्यक्ष र उपाध्यक्ष कार्यक्रम सम्पन्न भएको छ।साखाले प्रचलित अनलाइन एप्स जुमको प्रयोग गरेर कार्यक्रम सम्पन्न गरेको हो।
शिक्षा साखाका प्रमुख जीवनप्रसाद ढकालले सञ्चालन गरेको कार्यक्रममा झापा गाउँपालिकामा रहेका १८ विद्यालयका कुल ३७ जना विद्यार्थीको सहभागीता रहेको थियो।कार्यक्रममा विद्यार्थीले शैक्षिक तथा बालबालिका सम्बन्धि जिज्ञासाहरु राखेका थिए।जसमा झापा गाउँपालिका अध्यक्ष जयनारायण शाह,उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी लगायतले विद्यार्थीहरुको जिज्ञासामा जवाफ दिनुभएको थियो।
कार्यक्रमको दोस्रो चरणमा २०७६ को एस.इ.इ परिक्षामा उत्कृष्ट दुई जनालाई पुरुस्कार समेत दिइएने घोषणा गरिएको थियो।जसमा डिल्लीराज माविमा अध्ययन गर्ने उत्कृष्ट छात्रछात्रा सुबास पौडेल र कामना न्यौपानेलाई जनही नगद १५ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो साथै हिजो भएको बक्तृत्वकला प्रतियोगितामा सहभागी बिजेतालाई समेत पुरुस्कार बितरणको घोषणा गरिएको थियो।कार्यक्रममा बिजेताहरुले पुरुस्कारका लागि झापा गाउँपालिकाको कार्यालयमा उपस्थित भएर पुरुस्कार ग्रहण गर्न सकिने जानकारी दिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत जीवन निरौला,नेपाल शिक्षक महासंघ झापा गापाका सभापती जगन्नाथ राजबंशी,सचिव समसाद आलम,प्याब्सन झापा गापाका सचिब मनोज सुवेदी लगायतको उपस्थितिमा भएको कार्यक्रमको गाउँपालिकाका शैक्षिक तथा बालबालिका संग सम्बन्धित कार्यक्रमको जानकारी गराउने,गाउँपालिकाको बिकास निर्माण लगायतका काममा बाल सहभागिता बढाउने,बालमैन्त्री गाउँपालिका निर्माणका लागि आधार तयार गर्दै लैजाने,गाउँपालिका अध्यक्ष र उपाध्यक्ष संग बालबालिकाको प्रत्यक्ष पहुँचको ब्यबस्था गरि बालबालिका संग अध्यक्ष र उपाध्यक्ष बिच सकरात्मक संबन्धको बिकास गर्ने औचित्य रहेको शिक्षा साखा प्रमुख ढकालले कनकाई अनलाइनलाई बताउनु भयो।