कनकाई अनलाइन
कामाटोली,भदौ २९।झापा गाउँपालिकाको शिक्षा साखा र महिला तथा बालबालीका साखाले संयुक्त रुपमा आयोजना गरेको झापा गाउँपालिका मावी तथा आवि तह स्तरिय बक्तृत्वकला प्रतियोगीता हिजो सम्पन्न भएको छ।गाउँपालिकाले प्रथम पटक अनलाइन जुम एप्सका माध्यम बाट बक्तृत्वकला सम्पन्न गरेको हो।
कार्यक्रममा झापा गाउँपालिका शिक्षा साखाका प्रमुख जीवनप्रसाद ढकालको अध्यक्षता रहेको थियो भने झापा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाको प्रमुख आथित्यता रहेको थियो।प्रतियोगितामा श्री राष्ट्रिय रमणीय आदर्स माविका शिक्षक गोविन्द काफ्ले,श्री लालपानी माविका शिक्षक नरेन्द्र सुवेदी र नेल्टा झापाका सहसचिव इन्द्र खनाल निर्णायक भुमिकामा रहनुभएको थियो।
मावीका ८ र आविका १६ गरेर कुल २४ जना विद्यार्थीहरु बक्तृत्वकला प्रतियोगितामा सहभागी रहेका थिए।जसमा मावि र आमाविमा अध्ययनरत विद्यार्थीलाई फरर फरक शिर्षकमा वक्तृत्वकलामा सहभागी गराइएको थियो।माविका विद्यार्थीहरुलाई “आजको आवश्यकता:विषम परिस्थितिमा वैकल्पिक शिक्षा” शिर्षकमा र आविका विद्यार्थीहरुलाई “बाल दिवसको महत्व” शिर्षकमा प्रतियोगीहरुले वक्तृत्वकला गरेका थिए।प्रतियोगितामा माविमा अध्ययनरत नेहा गणेश,भुमिका गणेश र कृषला भण्डारी क्रमस प्रथम,दित्तिय र तृतीय भएका थिए।आविमा अध्ययनरत निता शिवाकोटी,नमुना कार्की र नेहा दंगाल क्रमश प्रथम,दित्तिय र तृतिय भएका थिए।
महिला तथा बालबालिका साखाकी प्रमुख अम्बिका गौतमले सञ्चालन गरेको कार्यक्रमा शिक्षा साखाका स्रोत व्याक्ती खड्कप्रसाद खरेलले स्वागत मन्तब्य राख्नु भएको थियो।