कनकाई अनलाइन
शरणामती,भदौ २८।झापा गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल टाघनडुब्बा बिओपीको टोलीले नियन्त्रीत लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।प्रहरीले उक्त लागुऔषध २३.९ ग्रामको परिमाणमा रहेको जनाएको छ।
विशेष सुराकीको आधारमा सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानको कमाण्डमा खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारीलाई पिछा गरेको थियो।प्रहरीले पिछा गरेपछी लागुऔषध कारोबारी झापा गाउँपालिका-६ भृकुटी चोक आसपासको क्षेत्रबाट मोटरसाइकल छोडेर भागेको प्रतक्षदर्सी स्थानियले बताएका छन।प्रहरीले धानबारीमा समेत खोजी गरेको बताइन्छ।
सशस्त्रले नियन्त्रीत लागुऔषध कारोबारीले प्रयोग गरेको मे २ प ७९४ र मे ११ प ८०७५ नम्बर प्लेटका दुई मोटर साइकल र नियन्त्रीत लागुऔषध ब्राउनसुगर बरामद गरेको जनाएको छ।सशस्त्र निरिक्षक प्रधानका अनुसार बरामद गरिएको लागुऔषध र मोटरसाईकल इलाका प्रहरी कार्यालय कुमरखोदलाई आवश्यक कारबाहीका लागि बुझाइएको छ।
यसै बिच गए राती शसस्त्र प्रहरीले झापा गाउँपालिका-४ आसपासको सिमा क्षेत्रबाट अवैधरुपमा भित्राइएका यौन उत्तेजना बढाउने जिएग्रा,जिएग्रा स्प्रे,जापानी तेल लगायतका औषधीहरु पक्राउ गरेको छ।यी औषधीहरुलाई नष्ट गरेर आवश्यक कारबाही गर्न भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरिक्षक प्रधानले कनकाई अनलाइनलाई बताउनु भयो।