आजको पञ्चांग
मितिः २०७७ भदौ २८, आइतवार
इ.संः २०२० सेप्टेम्बर २३
नेपाल संवतः ११४० ञलागा
चन्द्रमाः मिथुन राशीमा प्रातः ७ः२३ उप्रान्त कर्कट राशीमा
तिथीः एकादशी
पक्षः आश्विनकृष्ण (पितृ) पक्ष
नक्षत्रः पुनर्वसु
ऋतुः वर्षा÷शरद
आयानः दक्षिणायन
सूर्योदयः ५ः४८
साताका चाडपर्व÷ दिवसहरु
२८ गतेः इन्दिरा एकादशी
२९ गतेः राष्ट्रिय बालदिवस
३१ गतेः ओजोनतह बचाउ अन्तर्राष्ट्रिय दिवस
असोज १ गतेः विश्वकर्मा पूजा
असोज २ गते राष्ट्रिय परिवार नियोजन दिवस
असोज ३ गते संविधान ÷ राष्ट्रिय दिवस
साताका मुहूर्त
साप्ताहिक राशीफल २७ भदौ –३ असोज,२०७७
मेषः साताको पूर्वाद्ध उत्तम रहेको छ । सुखानुभूति मिल्ने देखिन्छ । धनलाभका विविध मार्गहरु पत्ता लाग्नेछन् । गरेका कामकाजमा सफलता हात लाग्ने देखिन्छ । मंगलवार अपरान्ह पश्चात चन्द्रमाको नवौँ गोचरका कारण समय प्रतिकूल हुने देखिन्छ । चोटपटक तथा दुर्घटनाको भय रहने हुँदा सवारी तथा हातहतियार चलाउँदा सावधानी अपनाउनुहोला ।
वृषः यो साता तपाईँका लागि बलियो भएर आएको छ । मनमा प्रशन्नता छाउने देखिन्छ । आम्दानीका स्रोतहरु मिल्नेछन् । अधुरा कामहरु भए सिद्ध भएर जानेछन् । सरकारी क्षेत्रका कामकाजहरु पनि सहजै बन्नेछन् । सरकारी नोकरी गर्नेहरुलाई विशेष राम्रो देखिन्छ ।राज्यबाट सुख मिल्नेछ । तर साताको उत्तरार्धमा शरीरमा केही आलस्यता र थकाइको महसुस होला ।
मिथुनः बाह्रौँ चन्द्रमाले मङ्गलबार मध्यान्ह सम्म व्ययभार बढाउने देखिन्छ । अनावश्यक खर्च बढ्ने साथै शरीरमा अस्वस्थताले सताउने देखिन्छ । तर मङ्गलबार दिउँसोदेखि समय अनुकूल बन्दै जानेछ । आम्दानीमा सुधार आउँदै जाला । मनमा हर्ष र खुसी छाउने छ । सुखवृद्धि हुने देखिन्छ साथै कामकाजहरु सहजै सम्पन्न हुने योग रहेको छ ।
कर्कटः तपाईँका लागि साताको पूर्वाद्र्ध र उत्तरार्ध अत्यन्तै फलदायी छ । पूर्वाद्र्धमा भाग्योदय हुनेछ । मिष्ठान्न भोजनको प्राप्तिले मन आनन्दित होला । मङ्गलवार अपरान्हपश्चात विहिवार साँझ सम्मको समय भने केही प्रतिकूल हुने देखिन्छ । व्वयभार बढ्नेछ भने शरीर केही अस्वस्थ नहोला भन्न सकिन्न । तर विहिवार साँझ पश्चात आम्दानीमा सुधार हुने र मनमा प्रशन्नता छाउने देखिन्छ ।
सिंहः मिश्रित फलदायी साता रहेको छ ।साताको शुरुवात केही खर्चिलो होला । ब्यर्थमा धन खर्च हुनेछ । मध्य सातामा भाग्योदय होला । अन्नादिलाभले मन प्रशन्न बनाउला । साताको उत्तरार्धमा आम्दानी र खर्चको अनुपात नमिल्दा व्ययभार बढ्ने देखिन्छ । साथै चन्द्रमाको बाह्रौँ गोचरका कारण शरीर अस्वस्थ नरहला भन्न सकिन्न ।
कन्याः द्रव्यादि लाभ होला । रत्न, गरगहना आदिको कारोवारमा मनग्य फाइदा हुनेछ । प्रतिष्पर्धामा विजय प्राप्त होला । मङ्गलबार अपरान्ह पश्चात सञ्चित धन व्यर्थमा खर्च होला तर विहिवार पश्चात खर्चको मात्रामा सन्तुलन आउने छ । आफन्तसँगको भेटघाटमा स्वादिष्ट परिकारको आनन्द लिन पाइने छ । भाग्योदय हुनेछ ।
तुलाः सातको शुरुवात केही अस्वस्थतामा व्यतित होला । पेट सम्बन्धि समस्याले सताउला । मनमा भय रहने देखिन्छ । मङ्गलवार अपरान्हपश्चात परिस्थिती अनुकूल बन्ने छ । गरगहना आदि उपहार प्राप्तिको योय छ । प्रतिष्पर्धामा विजयी भइने छ । धनागमनमा कुनै कमी रहने छैन । साताका पहिला दुई दिन बाहेक बाँकी सबै दिन तपाईँका पक्षमा छन् ।
वृश्चिकः यो सता तपाईँका लागि आंशिक फलदायी रहेको छ । कामकाजमा बाधाव्यवधान सृजना होला । कुनै दुखद खबर सुन्नुपर्ला । पेट सम्बन्धि समस्या बल्झिन सक्ने वा यो समस्याले सताउने योग छ । मनमा छटपटी र पीडा बढ्ला। तर विहिवार साँझपश्चात भने विजय प्राप्तिको योग छ । धनागमनमा सन्तुलन आउनेछ । द्रव्यादि लाभ हुने देखिन्छ ।
धनुः साताको पुर्वाद्ध बलियो छ । आर्थिक कारोबार तपाईँको हितमा नै हुनेछन् । शरीरमा आरोग्यता बढ्ला । तर साताको मध्य खासै राम्रो देखिँदैन । मङ्गलबार पश्चात कामकाजमा अवरोध तथा व्यवधान आइपर्ला । सोचेजति सफलता नमिल्ने देखिन्छ । अशुभ समाचार सुन्नुपर्ला । पेट सम्बन्धि रोग वा समस्याले सताउला । अनिष्टकारक समय रहेकाले संयमता अपनाउनुहोला ।
मकरः यो साता तपाईँका लागी भाग्यशाली भएर आएको छ । साताका सम्पूर्ण दिनहरु तपाईँको हितमा छन् ।स्त्री वा महिला मित्रका तर्फबाट महत्वपूर्ण कामहरु बन्ने देखिन्छ । धनार्जनका बाटाहरु मनग्य भेटिनेछन् । सुखानुभूति होला । शरीरमा आरोग्यता बढ्नेछ । तपाईँले आँटेका कामहरु सहजै सम्पन्न हुनेछन् ।
कुम्भः मङ्गलवार सम्मको समय अनिष्टदायक रहने देखिन्छ । दुर्घटना चोटपटक आदिको भय देखिन्छ । तर मङ्गलवार अपरान्ह पश्चात समय तपाईँको पक्षमा छ । महिलामित्रका तर्फबाट विशेष कामहरु सम्पन्न हुनेछन् । सुखवृद्धि भएको महसुस होला । आम्दानी प्रशस्तै हुने योग रहेको छ भने शरीर फुर्तिलो र आरोग्यताले युक्त होला ।
मीनः तपाईँका लागि यो साता राम्रो नराम्रो बराबर रहने छ । राज्यका तर्फबाट दण्डित हुनुपर्ने योग देखिन्छ । सरकारको भय रहनेछ । शरीर अस्वस्थ रहने देखिन्छ । चोटपटक र दुर्घटनाको भय रहेको हुँदा सावधानी अपनाउनुहोला । विहिवार पश्चात समय अनुकूल बन्दै जानेछ । विपरित लिङ्गिीबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । सुखानुभूति हुनेछ ।
युवा ज्योतिषः सूर्य कुईँकेल
नेपाल ज्योतिष परिषद सदस्यता नं ३१८
व्यावहारिक ज्योतिषीय गणनाद्धारा शुद्ध चिना बनाउन, साइत हेराउन, वर कन्याको कुण्डली मिलान गर्न, कुनैपनि कर्मकाण्ड गर्न तथा सही ज्योतिषीय परामर्श लिनुपरेमा सदैव संझनुहोस् ।
ऋषि मौदगल्य ज्योतिष अनुसन्धान तथा परामर्श केन्द्र
शिवसताक्षी, झापा
सम्पर्क नं ९८६३६२९४८३ ÷९८१३५२१५६२
“उद्यमेन हि सिध्यंतिः कार्याणि न मनोरथै। न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगा ।।”