Kanakai Online

बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्युटडको भूकम्प


शुक्रवार, भदौ २६, २०७७ |

कनकाई अनलाइन

झापा,भदौ २६।झापाको बाहुनडाँगीलाई केन्द्रबिन्दु बनाएर ५ म्याग्नीच्युडको भुकम्प गएको छ ।

बिहान ९ बजेर ३० मिनेटमा बाहुनडाँगीस्थित नेपाल भारत सीमालाई केन्द्रबिन्दु बनाएर सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का पूर्वका अधिकांश जिल्लामा महसुस गरिएको थियो । भूकम्पले क्षती पुर्याएको नपुर्याएको भन्ने विवरण भने आई नसकेको केन्द्रले जनाएको छ ।

यसअघि आजै बिहान ताप्लेजुङलाई केन्द्र बनाएर ३ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित खबर