कनकाई अनलाईन
लामो समयपछिको रस्साकस्सीपछि कनकाई नगरपालिका ४ मा रहेको कोटीहोममा संचालित पिसिआर ल्याव संचालनमा आएको छ ।
सहारा नेपाल लगायातका यहाँका संघ संस्थाले चन्दा सहयोग उठाएर संचालनको तयारी गरिसक्दा पनि अन्तिममा सरकारी मान्यता नपाउदा ल्याव संचालन हुन पाएको थिएन । हाल कनकाई नगरपालिकाले कर्मचारी खर्च व्याहोर्ने गरि प्रादेशिक अस्पताल भद्रपुरको मातहतमा रहनेगरि ल्याव संचालनमा आएको हो ।
हालसम्म २ सय जनाको स्वांव संकलन गरि चेक गरिएको ल्याव संचालन समितिले जनाएको छ । ती सबै स्वांव कनकाई नगरपालिकाको हो । तर पोजेटिभ केश आएको खण्डमा त्यसलाई क्रस चेक गर्न पुन प्रदेश ल्याव विराटनगरमा लैजानुपर्ने हुन्छ । त्यसकारण सो ल्यावको नतिजा राष्ट्रिय गणनामा आउन अझै केहि साता कुर्नु पर्ने छ । हाल झापामा संचालनमा आइरहेको मेची प्रादेशिक अस्पतालको पिसिआर ल्याव भने आवश्यक स्रोत साधनको अभावमा केहिदिन संचालनमा आएर बन्द अवस्थामा छ ।