कनकाई अनलाईन
झापा गाउँपालिकामा कार्यरक्त कर्मचारीहरुले यसबर्षको १७ निजामति दिवश विविध कार्यक्रमका विच मनाएका छन ।
झापा गाउँपालिकाको इतिहासमै पहिलो पटक कार्यक्रम गरि दिवश मनाइएको कर्मचारीले बताएका छन ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष जयनारायण शाह रहनुभएको थियो भने विशिष्ट अतिथिमा उपाध्यक्ष कुन्तीदेवि वुडाथोकी हुनुहुन्थ्यो ।
कार्यक्रममा स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिक र वडानम्बर १ र २ का वडासचिव नारायण चौलागाईँलाई नगद सहित सम्मान गरिएको थियो । सम्मानित व्याक्तिलाई सम्मान पत्र दोसल्ला नगद सहित प्रमुख अतिथि शाह, विशिष्ट अतिथि बुडाथोकी लगायातले सम्मान गर्नुभयो ।
कार्यक्रममा सहभागि वक्ताहरुले निजामति कर्मचारीले जस्तोसुक्कै कठिन परिस्थितिमा समेत राज्य संचालनको क्षमता राखेको बताउँनुभयो ।
कार्यक्रमा वडाध्यक्षहरु राजकुमार यादव, नेत्रबहादुर खड्का , मोतीलाल गणेश, हरिबहादुर बानिया, नेपाल शिक्षक महासंघ झापा गाउँपालिका अध्यक्ष जगरनाथ राजवंशी , डिल्लीराज माविका प्रअ विरेन्द्रप्रसाद गुप्ता, कार्यपालिका सदस्य, सुरक्षाकर्मी लगायातको आतिथ्यता रहेको कार्यक्रममा मन्तव्य राख्दै सुचना अधिकारी हिमाल मिश्रले कर्मचारीले देशमा राजनिति असफल हुदा पनि राज्य संचालन गरेको भन्दै कर्मचारीलाई राजनैतिक भन्दा फराकिलो आखाँले हेर्न अनुरोध गर्नुभएको थियो ।कार्यक्रमको संचालन शिक्षा साखा प्रमुख जीवन ढकालले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निरौलाले मुस्कान सहितको सेवा र भ्रष्टाचार रहितको सेवाका लागि प्रतिवद्धता जनाउनुभएको थियो । सोहि कार्यक्रमका विच २३ बर्ष सेवा गरेका गाउँपालिकाका वडासचिव जयराम ताम्ली र कर्मचारी सुबासलाल गणेशलाई विदाई समेत गरिएको थियो ।
डिल्लीराज माविको सभाहलमा भएको कार्यक्रममा खड्गप्रसाद खरेल, पुर्णचन्द्र मैनाली, युवराज दाहाल, पत्रकार केशव चापागाई लगायातले कविता वाचन गर्नुभएको थियो ।