कनकाई अनलाईन
कोरोना संक्रमणबाट मृत्यु भएकी झापा कनकाई नगरपालिका ३ कि ४५ बर्षिय महिलालाई स्थानीय कनकाई सामुदायिक वन उपभोक्ता समुहभित्र दाहसत्कार गरिएको छ ।
मृतकको शवलाई झापा चारआलीस्थित नयाँ श्रीनाथ गणका सेनाको टोलीले अन्तिम सलामी दिई आइतवार साँझ दाहसत्कार गरेको हो ।
यस अघि कनकाई नगरपालिकाले कनकाई नगरपालिकाभित्र कसैको कोरोना संक्रमणका कारण मृत्यु भएमा कनकाई सामुदायिक वनको जंगलभित्र निश्चित स्थानमा दाह संत्कार गर्ने कार्यपालिकाले निर्णय गरेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
यता कनकाई नगरपालिकामा आज (सोमवार) थप १३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै स्थानीय समुदायकै रहेको कनकाई नगरपालिका स्वास्थ्य साखाले जनाएको छ । गत भदौ १६ गते लिइएको ९८ जनाको स्वांवबाट १३ जनामा कोरोना फेला परेको हो । जसमा कनकाई ३ मा ९ जना र ७ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कनकाई ३ मा केहिदिन अघि कनकाई नगरपालिकाको डाटा इन्ट्रीमा काम गर्ने एक महिला कर्मचारीमा कोरोना पुष्टि भएपछि गरिएको उनको घर तथा गाउँमा थप चेक गर्दा ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य साखाले जनाएको छ । जसमा महिला ५ जना र पुरुष ४ जना रहेका छन ।
यता कनकाई ७ मा कनकाई नगरपालिकाका एक जना सवारी चालक र वाकी उनकै छिमेकीहरुमा कोरोना पुष्टि भएको हो । कनकाई नगरपालिकामा यो सगै कोरोना संक्रमितको सङ्ख्या ४७ जना पुगेको छ, भने एक जना संक्रमितको मृत्यु समेत भइसकेको छ । कनकाई नगरपालिकाको हिजो थप ४५ जनाको पिसिआर चेक गरिएको छ भने आज पनि कनकाई ३ मा पिसिआरका लागि स्वांव लिने नगरपालिका स्वास्थ्य साखाले जनाएको छ ।