कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलका डाक्टर र नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक जना डाक्टर र ११ जना नर्स गरी १२ जनामा संक्रमण देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
संक्रमित सबै स्वास्थ्यकर्मी आइसोलेसनमा थिए । उनीहरुको बाहिरी कुनै सम्पर्क नरहेको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताउनुभयो ।
सबै स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका कारण अस्पतालको सेवा भने नियमित हुने जनाइएको छ । यसैगरि आइतबार झापामा थप ३१ ज्नामा कोरोना पुष्टि भएको र एक जनाको मृत्यु भएको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईँले बताउँनुभयो । कनकाई नगरपालिका ३ की ४५ बर्षिय एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको र मेचीनगरमा ५ जना , बिर्तामोडमा स्वास्थ्यकर्मी सहित १५ जना , कमलमा ११ जना थप नयाँ कोरोना संक्रमित भएका छन । यो सगै झापामा जम्मा कोरोना संक्रमितको सङ्ख्या ६ सय ७६ जना पुगेको र ४८१ ज्ना संक्रमितहरु ीडस्चार्ज भएको चम्लगाईले बताउँनुभयो ।