कनकाई अनलाइन
सुरुङ्गा,भदौ २१।कनकाई नगरपालिका-४ का धुर्व तामाङ एक उदयीमान गायक हुन।प्रतिषपर्धा र प्रचारको यो युगमा उनी एक ओझेलका पात्र बने।जो बिक्छ उहीँ टिक्छ भने झै शब्द,संगित अनि स्वरमा उत्तिकै दख्खल राख्ने तामाङलाई स्रोताले त्यति रुचाएनन।फलस्वरुप तीन वटा गीतको अडियो निकालेका तामाङको संगीत जीवनले नयाँ आयाम लेउन सकेन।
आफ्नो स्कुले जीवन देखि नै संगीत क्षेत्रमा लागेका तामाङको झुकाव सधैं संगीत तर्फनै रह्यो।स्कुले जीवनमा स्टेज सो देखि “रोड सो” सम्म गरेको स्मरण गर्दै त्यसबेलाको माहोल नै अर्कै हुने तामाङ बताउछन “अहिले त प्रतिषपर्धाले जरा गाड्यो”।
दुइटा गीतमा शब्द संगीत दिएका तामाङले पछिल्लो पटक आफ्नै स्वरमा रहेको “माईखोली तिरैमा कान्छी” बोलको अडियो गीत सार्वजनिक गरेका छन।मीठो स्वर भएका तामाङले गुनासो गरे “जो बोल्छ उसैको पिठो बिक्ने रहेछ,मिडियाले नी साथ दिएन,तर म खुसी छु,आफ्नो शौक हो” तामाङले तितो पोखे।टेकेन्द्र याक्सोले एरेन्ज गरेको गीतको अडियो प्राइम स्टुडियोले रेकर्डिङ गरेको हो।
“माइखोली तिरैमा कान्छी” को अडियो सार्वजनिक गरेका तामाङले यसको म्युजिक भिडियो पनि निकाल्ने सोचमा रहेको बताए।मीठो स्वर हुदाँहुदै पनि अझोलमा परेका तामाङको गायकी क्षेत्रमा कमाइ पनि नहुने भएकाले तामाङ्ले भिडियो निकाल्ने सपना पूरा हुन केही समय लाग्ने बताउछन ।
तामाङको स्वरमा “माइखोली तिरैमा कान्छी” बोलको गीतको अडियो।