कनकाई अनलाईन
कनकाई नगरपालिकामा कोरोना संक्रमण समुदायमा भुसको आगोर्झै फैलिएको छ । कोरोना सग नडराउन तर सर्तक रहन सबैमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले सबै नगरवाशीमा अनुरोध गर्नुभएको छ ।
पछिल्लो समय कनकाई नगरपालिकाका ६२ जनाको स्वांव विराटनगर पठाइएकोमा १० जनाको रिर्पोट पोजेटिभ देखिएको कोरोना सुचना तथा संचार केन्द्र कनकाईका सदस्य लक्ष्मी अधिकारीले बताउँनुभयो । १० जनामध्ये ८ जना कनकाई ५ तुलसीवारी क्षेत्रका प्रतिष्ठित ब्याक्तिहरु रहनुभएको छ । राजनैतिक व्याक्तित्व, युवा व्यावसायी लगायातमा कोरोना देखिएपछि हाल तुलसीवारी क्षेत्र शिल गरिएको छ । बाकी २ जना एक जना यस अघि कोरोना देखिएको कनकाई नगरपालिकाकी एक कर्मचारीकी सहोदर दिदी र एक जना कनकाई १ निवासी नेपाल बहुउद्धेश्यीय सहकारी संस्था सुरुङ्गा साखाकी कर्मचारी रहनुभएको छ ।
कनकाईमा हालसम्म ३३ जनामा कोरोना पोजेटिभ देखिएको छ । जिल्ला तथा प्रदेशका सबै अस्पताल कोरोनाका बिरामीका कारण भरिएछि लक्षण देखिएका मात्रै बिरामीलाई भर्ना गर्ने निति अनुसार कनकाईका बिरामी सबै घरमै आराम गरिरहनुभएको छ । हाल कनकाईमा १४ जनाले कोरोना जितिसकेका छन भने १९ जना कोरोना संक्रमित अस्पताल तथा होम क्वारेन्टिनमा रहेका छन । कनकाईमा देखिएका कुनैपनि बिरामीमा कोरोनाको सामान्य लक्षण ज्वरो समेत नआएको सबै कोरोना संक्रमितले कनकाई अनलाईनलाई बताउँनुभएको छ । यसैविच केहि कोरोना संक्रमितहरु खुल्न समेत थालेका छन । कनकाई ५ का युवा व्यावसायी भोला खड्काले आफुलाई कोरोना पोजेटिभ भएको फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ ।
समुदायमा देखिएको कोरोनाका कारण कनकाई नगरपालिकाकाको ९ बटै वार्डलाई सोमवार दिउसो ३ बजेदेखि अनिश्चित कालसम्मका लागि लकडाउन गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र न्यौपानेका अनुसार कनकाई नगरपालिकाको १, ३ ७ र ५ नम्बर वार्डमा समुदाय स्तरमै कोरोना फैलिएको पाइए पछि नगरपालिकाको विपत समितिको भएको मिटिङ्गबाट सोमवार दिउसो ३ बजेदेखि अर्को सुचना नआउन्जेलसम्म बैँक, वित्तिय संस्था लगायात सबै सेवा तथा व्यावसाय बन्द गर्ने कार्यलाई निरन्तता दिइएको हो । अत्यावश्यक सामान औषधि पसल चाहि खुल्ला रहने छ । नियम उल्लघन गरे कडा कार्वाही गरिने समेत नगरपालिकाले जनाएको छ ।
कनकाई नगरपालिका ७ दुर्गापुर बजारका एक ४० बर्षिय औषधि पसलेलाई केहिदिन अघि कोरोना संक्रमण भेटिए पछि गरिएको कन्ट्राक टेसिङ्गमा पुन दुर्गापुर क्षेत्रमा ८ जनालाई कोराना संक्रमण भेटिएको थियो । त्यसको पुन कन्ट्राक टेसिङ गर्दा पुन १० जनामा कोरोना पोजेटिभ देखिएको हो । आइतवार संक्रमित परिवार लागायातको पुन स्वांव लिइने र नतिजा आएपछि मात्रै सर्वपक्षिय छलफलपछि बजार लगायातका वारेमा निर्णय लिइने नगरप्रमुख पोखरेलले बताउँनुभयो । अत्यावश्यक काम बाहेक घरबाहिर नहिड्न तथा सामाजिक दुरी कायम गर्न मास्कको अनिवार्य प्रयोग गर्न समेत नगरप्रमुख पोखरेलले सबै नगरवाशीसमक्ष आग्रह गर्नुभएको छ ।