Kanakai Online

अनुगमन समितिको छड्के,म्याद नागेका सामानहरु डिस्पोज।


बिहिवार, भदौ १८, २०७७ |

कनकाई अनलाइन

झापा,भदौ १८।झापा गाउँपालिका बजार अनुगमन समितिले आज झापा गाउँपालिका-२ मा रहेको झापा बजारका पसलहरुको अनुगमन गरेको छ।अनुगमन समितिकी संयोजक कुन्तीदेबी बुढाथोकीको संयोजकत्वमा गठीत ११ सदस्यीय समितिले बजार अनुगमन गरेको हो।

समितिले बजार भित्रका पसलहरुले ब्यसाय दर्ता गरे नगरेको निरिक्षण गर्दै दर्ता नभएका अथवा नविकरण नभएका पसलहरुलाई तत्काल दर्ता प्रक्रिया पूरा गर्न समेत आग्रह गरेको छ।समितिले अनुगमनमा नापतौल,सामानको गुणस्तर निरिक्षण गरेको छ।समितिले सामानमा लेबल भए/नभएको निरिक्षण गर्दै लेबल नलगाएका सामान बिक्री नगर्न ब्यापारीहरुलाई आग्रह गरेको छ।समितिले म्याद नागेका खाद्य सामानलाई भने तत्कालै नष्ट गरेको छ।

समितिले त्यस्ता म्याद सकिएका सामानहरु रेडलेवल चिया रंग,भुजिया,चक्लेटआदि डिस्पोज(नष्ट) गरेको समितिका एक सदस्यले कनकाई अनलाइनलाई बताए।

समितिले झापा गाउँपालिका बजार अनुगमन सिमिती निर्देशिका २०७७ को दफा १० संग सम्बिधत अनुशुची ४ बमोजिम बजार अनुगमन गरेको जनाएको छ।

सम्बन्धित खबर