Kanakai Online

झापामा डेढ अर्बको लगानीमा क्यासिनो सहितको पाँचतारे होटल


सोमवार, भदौ १५, २०७७ |

लीलाराज झापाली
झापाको मेचीनगर ८ धुलावारीमा डेढ अर्बको लगानीमा क्यासिनो सहितको पाचतारे होटल मेची क्राउन स्थापना भएको छ ।
युवा व्यावसायीहरु पर्यटन व्यावसायी पवित्रकुमार कार्की, बलराम सापकोटा, राम गौतम, राजकुमार बस्नेत, लगायातको लगानीमा मेचीनगरमा ८ बिगाह क्षेत्रफलमा रहेको छ ।
४ बर्ष पहिलेदेखि निर्माण सुरु गरिएको होटलको संचालन तयारीमा रहेपनि कोरोना माहामारीका कारण संचालनमा ढिलाई भएको होटलका संचालक ग्रुपका अध्यक्ष दिपक लेखकले बताउँनुभयो । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि होटल यसै वैशाख नयाँ बर्षबाट संचालनमा ल्याउने तयारी गरेपनि कोरोना महामारीका कारण होटल संचालनमा आउन नसकेको लेखकले बताउँनुभयो । पछिल्लो पटक बन्दाबन्दी कम हुने आशााका साथ भदौ १६ गतेदेखि होटल संचालनको तयारी गरेका थियौ त्यो पनि सफल हुन पाएन चाडै कोरोना महामारीबाट देश केहि मुक्त हुनसाथ होटल संचालनमा आउने लेखकले विश्वास व्याक्त गर्नुभयो ।
धुलावारीबाट १२ किलोमिटर नजिक्कैको दुरीमा भारतको बागडोग्रा बिमानस्थल रहेको र त्यहा स्तरीय होटल समेत नभएकोले भारत, भारतको नेपालीभाषी सिक्किम, बंगलादेश, चिन, भुटान र तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरि होटल खुलेको लेखकले बताउँनुभयो ।
होटल र क्यासिनो पुर्ण संचालनमा आउदा १ हजार जनाले रोजगारी पाउने होटलका जेनेरल मेनेजर नितेश पोखरेलले बताउनुभयो ।

पाचतारे होटल प्रदेश नम्बर एकमै पहिलो रहेको र यस होटलबाट विदेशका क्यासिनो खेल्ने विदेशीहरु पर्यटकको पहिलो रोजाई बनाइने र यसका लागि नेपालकै ठुलो ३२ हजार क्वायर फिट क्षेत्रफलको क्यासिनो संचालनमा ल्याइने संचालक लेखकले बताउँनुभयो । विदेशबाट आउने पर्यटकहरुलाई यस क्षेत्रको नेपालकै होचो भुभाग केचना देखि इलाम, पाथिभरा, कंचनजंघा लगायात प्रचार हुन बाकी रहेका पूर्वका भुभागमा प्रसस्त मात्रामा पर्यटक पुर्याउने लक्ष्य रहेको छ लेखकले भन्नुभयो । होटलमा कुल १०७ कोठाहरु रहेको छन । होटल संचालनमा आएपछि प्रदेश नम्बर एकलाई पर्यटक हवका रुपमा विकास गर्न मद्धत मिल्ने संचालक लेखकले बताउँनुभयो । होटललाई वातावरणमैत्री बनाउनका लागि ठुलो खर्च गरेर विभिन्न प्रजातिका १ हजार रुख समेत रोपेर हुर्काइसकेको संचालक लेखकले बताउँनुभयो । हामीले होटल संचालनको सबै तयारी पुरा गरिसक्यौ अब सरकार र विश्वको कोरोना महामारीको अवस्थालाई हेरेर संचालन गर्ने छौ लेखकले भन्नुभयो ।

सम्बन्धित खबर