कनकाई अनलाईन
मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७५ शैँयाको आइसुलेशन अस्पताल तयार भएको छ ।
झापामा पछिल्लो समय समुदायमै कोरानाको महामारी सुरु भएपछि यहाँ प्रदेश सरकारको लगानीमा ७५ बेडको आइसुलेशन अस्पताल निर्माण गरिएको मेची प्रादेशिक अस्पतालका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले बताउँनुभयो ।
अस्पताल तयार भइसकेको र आज बेलुकी ४ बजे प्रदेश सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेद्धारा उद्घाटन गरि आजैबाट ती वेडमा बिरामी राखिने पोर्तेलले जानकारी दिनुभयो । यसैविच झापामा केहिदिन देखि संचालनमा आएको पिसिआर मेशिन पिसिआर चेक जाँचका लागि अत्यावश्यक किटको कभरको अभावका कारण बन्द भएको छ । केहि साता अघिबाट सुरु भएको पिसिआर चेकजाँच किट कभरको अभावमा शनिवार देखि बन्द गर्नुपरेको अस्पातलका अध्यक्ष पोर्तेलले बताउँनुभयो ।
हालसम्म झापामा ५७६ जनामा कोरोना संक्रमण भएसकेको झापाका कोरोना फोकल पर्सन जीवन चम्लगाईले बताउँनुभयो ।