Kanakai Online

कनकाईमा आज देखि अनिश्चित सम्म बन्दाबन्दी


सोमवार, भदौ १५, २०७७ |

कनकाई अनलाईन
कनकाई नगरपालिकामा आज दिउसो ३ बजेदेखि ९ वटै वार्डलाई अनिश्चित कालसम्मका लागि लकडाउन गरिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रुद्र न्यौपानेका अनुसार कनकाई नगरपालिकाको १, ३ र ७ नम्बर वार्डमा समुदाय स्तरमै कोरोना फैलिएको पाइए पछि नगरपालिकाको विपत समितिको हिजो बेलुकी भएको मिटिङ्गबाट आज सोमवार दिउसो ३ बजेदेखि अर्को सुचना नआउन्जेलसम्म बैँक, वित्तिय संस्था लगायात अत्यावश्यक सामान औषधि पसल वाहेकका सबै सेवा तथा व्यावसायहरु बन्द रहनेछन । नियम उल्लघन गरे कडा कार्वाही गरिने समेत नगरपालिकाले जनाएको छ ।
कनकाई नगरपालिका ७ दुर्गापुर बजारका एक ४० बर्षिय औषधि पसलेलाई केहिदिन अघि कोरोना संक्रमण भेटिए पछि गरिएको कन्ट्राक टेसिङ्गमा पुन दुर्गापुर क्षेत्रमा ८ जनालाई कोराना संक्रमण भेटिएको थियो ।
केहिदिन पहिले एक औषधि व्यावसायीमा कोरोना संक्रमण देखिएको थियो । उनीसगै सम्पर्कमा आएकाहरु ७७ जनाको स्वांव चेकका लागि बिराटनगर पठाइएको थियो । जसमा उनका परिवारका थप ४ जनामा कोरोना संक्रमण देखिएको थियो । यसैगरि कनकाई नगरपालिकाकै घरघरमा गएको तथ्याङ्गको टाडा इन्ट्री गर्ने एक जना महिलामा समेत कोरोना भेटिएको हो । दुर्गापुर निवासी अर्का एक सहरकारीमा काम गर्ने र थप २ जना उक्त औषधि पसलमा औषधि लिन जाने स्थानीयमा समेत कोरोना देखिएको हो । यो सगै दुर्गापुर क्षेत्रमा हाल झापामै सबैभन्दा डरलाग्दो कोरोनाको रुप देखिएको हो । थप कन्ट्राक्स टेसिङ्गका लागि नगरपालिकामा लक डाउन गरिएको हो ।

सम्बन्धित खबर