कनकाई अनलाइन
झापा,भदौ १२।झापा गाउँपालिकाका दुई जना संक्रमित मध्ये एकजना ६० वर्षिय पुरुषमा कोरोना संक्रमण नेगेटिभ देखिए पछी घर फर्केका छन।
गत मंगलबार झापा गाउँपालिकाको क्वारेन्टिन जनता मावीको आइसुलेसनमा रहेका दुई संक्रमितका साथै क्वारेन्टिनमा रहेका,होम क्वारेन्टिनमा रहेका,अग्रपन्तीमा रहेर काम गर्ने स्वास्थ्यकर्मी,पत्रकार लगायत २८ जनाको स्वाब संकलन गरि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो।जसमा २४ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ४ जनाको रिपोर्ट आउन बाँकी रहेको झापा गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख लक्ष्यमण बिश्वकर्माले कनकाई अनलाइनलाई बताउनु भयो।त्यस मध्ये होल्डिङ आइसुलेसनमा रहेका दुई कोरोना पोजेटिभ ब्याक्तीहरु मध्ये एकको रिपोर्ट नेगेटिभ आए पछी घर फर्काइएको बिश्वकर्माले बताउनु भयो।
होल्डिङ आइसुलेसनमा बसेका कोरोना संक्रमण पोजेटिभ देखिएका उक्त व्याक्ती निको भएर घर फर्किनु झापा गाउँपालिकाकै ऐतिहासिक क्षण भएको स्वास्थ्य साखा प्रमुख बिश्वकर्माको भनाई छ।उहाँले खुसी ब्यक्त गर्दै कोरोना संगको लडाईमा अग्रपंक्तीमा खट्ने सम्पुर्ण ब्याक्तीहरु लगायत रेडक्रसकर्मी,सुरक्षाकर्मीलाई धन्यबाद दिनुभयो।
आइसुलेसनमा राखेको १४ दिन पछी पुन: संक्रमितको स्वाब संकलन गरिएको थियो।स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिक्षण रिपोर्ट नेगेटिभ पुष्टि गरेपछी आफुहरुले संक्रमितलाई होम क्वारेन्टिन बस्ने गरि होल्डिङ आइसुलेसनबाट घर फर्काइएको झापा गाउँपालिकाका स्वास्थ्य अधिकृत प्रेम न्यौपानेले बताउनु भयो।
उक्त ६० वर्षिय पुरुषमा स्वाब संकलन पछी गत भदौ २ गतेको परिक्षण रिपोर्टमा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।उनी र अर्का एक ब्याक्ती सहित दुई संक्रमितलाई अस्पतालको बेड खाली नभए पछी स्वास्थ्यकर्मी,रेडक्रसकर्मी लगायतको टोलीले जनता माविमा होल्डिङ आइसुलेसनमा राखेको थियो। फोटो क्रेडिट-केशब बजगाईं