कनकाई अनलाईन
झापामा आज १५ जना कोरोना संक्रमित थपिएका छन ।
कोरोना फोकल पर्सन जीवन चम्लगाईका अनुसार कमल गाउँपालिकामा ९ जना संक्रमित भएका छन । ७ पुरुष र २ महिला संक्रमित सबै स्थानीयवाशी भएकोले कमलमा कोरोनाको संक्रमण खतरानक देखिएको छ । जसमा एक जना संक्रमित कमल गाउँपाकिला ३ का एक वृद्धको उपचारकाक्रममा धरान घोपामा मृत्यु भएको छ । यसैगरि आज संक्रमित हुनेमा झापा मेचीनगरका ३ पुरुष, हल्दीवारी र भद्रपुरका एक एक पुरुष र शिवसताक्षीकी एक महिलामा कोरोना संक्रमण भएको छ । उनीहरु छिमेकी मुलुक भारतबाट आएका हुन ।