कनकाई अनलाईन
गोरु काटेको आरोपमा स्थानीय ताजामुल मिया र एक अर्का स्थानीयलाईलाई पक्राउ गरि जिल्ला प्रहरीतर्फ ल्याउने क्रममा स्थानीय मुस्लिम समुदायले आक्रमण गरेपछि भएको दोहोरो झडपमा परि झापा गाउँपालिका ३ कामाटोली बजारमा एक जना मुस्लिमको गोली लागि मृत्यु भएपछि कामाटोली बजार अहिले तनावमा रहेको छ ।
प्रहरीको गोली लागेका झापा गाउँपालिका ३ कामाटोलीका अन्दाजी ४८ बर्षिय रफिक मियाको मृत्यु भएको हो । मियाको उपचारका क्रममा बिएण्डसी हस्पिटल बिर्तामोडमा मृत्यु भएको हो । उनको ढाडमा २ गोली लागेको बताइएको छ ।
ताजामुललाई ल्याउने क्रममा स्थानीयले जनपदका प्रहरी निरिक्षक संजिव बोगटी र सशस्त्रका एक जवानलाई हातपात गरेर प्रहरीको राइफल खोस्न थालेपछि बाध्य भएर प्रहरीले फायर खोलेको प्रहरीले जनाएको छ । यता उक्त घटनाबाट स्थानीय एक जना एक जना पनि घाइते भएको स्थानीयले बताएका छन । उनको टाउकोमा चोट लागेको छ ।
हाल कामाटोली बजारमा स्थानीय मुस्लिम समुदायले अमरपथ बाटो अबरोध गरेका छन भने सशस्त्र प्रहरी र जनपद प्रहरीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीले उक्त स्थानलाई घेरा हालेर राखेको स्थानीयको भनाई छ । प्रहरीले दिउसो १ बजे पक्राउ गरेपनि उनलाई जिल्ला लैजान खोज्दा घटना बेलुकी ७ बजेको हो । हाल कामाटोलीमा जनप्रतिनिधि र मुस्लिम परिवार बार्ता चलिरहेको छ ।
फोटो कामाटोली बजारको दिउसोको