Kanakai Online

कनकाईमा दोस्रो पटक समुदायमा कोरोना


मङ्गलवार, भदौ ९, २०७७ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिकामा दोस्रो पटक समुदायमा कोरोना फैलिएको छ ।
कनकाई नगरपालिका १ निवासी ४० बर्षिय एक व्याक्तिमा आज कोरोना संक्रमण देखिएको हो । उनी बाहिरबाट आएको नभएर रहि बस्ने स्थानीय भएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुष्टि गर्नुभयो ।

कोरोना संक्रमण पुष्टि भएसगै उहाँका उपचारका लागि भद्रपुर कोरोना अस्पतालमा लगिएको र कन्ट्राक ट्रेसिङ थालिएको पोखरेलले बताउँनुभयो । कनकाई नगरपालिकाले हाल अनिश्चित कालका लागि आंशिक लकडाउन सुरु गरिसकेको छ ।
कनकाईमा यसअघि फेला परेका १३ जना कोरोना संक्रमित झापा बाहिरबाटै आएका थिए । हाल कनकाई नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या १५ जना पुगेको छ । यस अघि एनएनबी बैकमा काम गर्ने एक उच्च तहका कर्मचारी जो सुरुङ्गा निवासी रहनुभएको छ उहाँलाई प्रथम पटक कनकाईमा समुदायमा कोरोना देखिएको थियो । उहाँ हाल काठमाण्डौमा उपचाररक्त रहनुभएको छ ।

सम्बन्धित खबर