Kanakai Online

पर्यटकिय स्थल चेप्टीमा प्रधान मेडिसिन सेन्टरको स्वास्थ्य शिविर


मङ्गलवार, भदौ ४, २०८१ |

कनकाई अनलाईन
पुर्वको चर्चित पर्यटकिय स्थल हेप्पी ड्रिम्स चेप्टीमा यहाँस्थित प्रधान मेडिसिन एण्ड डाईग्नोष्टिक सेन्टर सुरुङ्गाले एकदिने निशुल्क स्वास्य शिविरको आयोजना गरेको छ ।


विश्वका चर्चित बाबा १००८ बाबा कालिदासलाई स्वागत सम्मान गर्न आयोजित विशेष कार्यक्रमको अवशरमा प्रधान मेडिसिन सेन्टर सुरुङ्गाको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको प्रधान मेडिसिन सेन्टरको प्रोपाईटर सुरेन्द्र प्रधानले बताउँनुभयो । स्वास्य शिविरमा बिभिन्न समस्याहरु महिला, वालवालिका, मुटु लगायातका विरामीहरुको निशुल्क चेकजाँच गर्नुको साथै निशुल्क औषधि समेत बितरण गरिएको थियो ।

स्वास्थ्य शिविरमा डाक्टर रुपेश शाहको नेतृत्वमा रहेको चिकित्सको टोलीले स्वास्थ्य जाँच गरेको थियो भने प्राईम फर्मासिटिकल प्रालिले निशुल्क औषधि प्रधान गरेको प्रालिका कर्मचारी नविन सिटौलाले बताउँनुभयो । चेप्टीमा उक्त शिविरमा १०० भन्दा बढी विभिन्न विरामीहरुले उक्त शिविरबाट सेवा लिएका थिए ।

सम्बन्धित खबर