कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा बुधवार बिहान यात्रुवाहक बसले बेहोस अवस्थामा झारेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधवार बिहान करिव ११ बजेको समयमा कनकाई नगरपालिका ७ दुर्गापुरको पश्चिम बस स्टेण्डमा एक नाम थर ठेगाना नखुलेको करिव २२ बर्षिय युवकलाई को १ ख ६०९८ नम्बरको साइमन यातायातको यात्रुवाहक बसले अचेत अवस्थामा छाडि हिडेको र धेरै बेरसम्म बस स्टेण्डमै अडेस लागिरहेको पाएपछि स्थानीयले प्रहरीलाई खबर गरि उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा लैजादा त्यहाँ चिकित्सकहरुले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यसरी यात्रुलाई अलपत्र पारेर छाडने बसको वारेमा दुर्गापुर बजारमा रहेका सिसि टिभी फुटेजका आधारमा यात्रुबाहक बसको वारेमा थाहा भएको र उक्त बसलाई थप आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्ट म्याटमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुरमा लगिएको प्रहरीले जनाएको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा