कनकाई अनलाईन
झापा शिवसताक्षी नगरपालिका ७ लालपानीका २१ बर्षिय मुकेश ढकालको गर्मी छल्न खोलामा पौडी खेल्न जादा आज डुबेर मृत्यु भएको छ ।
झापा र इलामको सिमा स्थित इलाम माई नगरपालिका २ चेप्टीस्थित कनकाई माई खोलामा आफ्ना साथीहरुका साथमा पौडी खेल्न कनकाई माईमा शुक्रवार दिउसो १२ बजेतिर पौडी खेल्न पसेका ढकाल खोलाको दलदले भासमा परेर हराएका थिए । उनको प्रहरी र स्थानीयवाशीको सहयोगमा खोजीगर्दा केहि पर शुक्रवार २ बजेको समयमा ढकालको मृत शरिर निकालेको प्रहरी चौकी दानावारीका प्रमुख प्रहरी नायव निरिक्षक कैलास केसीले बताउँनुभयो । मृतकको शव अहिले मुचुल्का बनाएर पोस्ट म्याटमका लागि लैजाने तयारी थालेको प्रहरीले जनाएको छ। मुकेशको आफन्तको घर समेत चेप्टीमै रहेकोले उनी आफन्त साथीहरुसग मिलेर पौडी खेल्न खोलामा पसेका थिए ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम