कनकाई अनलाईन
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्कीको यहाँस्थित सुरुङ्गामा आज विदाई गरिएको छ ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाको आयोजनामा भएको विदाई कार्यक्रममा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संथापक अध्यक्ष तथा लायन्सका क्याविनेट सेक्रेटरी लायन लीलाप्रसाद चिमरिया, लायन्सका पुर्व अध्यक्षहरु लायन रुपनारायण खतिवडा, सुरेन्द्र प्रधान, साजन थापा, मनोज बस्नेत, पत्रकार महासंघ कोशीका कार्यसमिति सदस्य लीलाराज झापाली, प्रेस क्लव अफ कनकाई सुरुङ्गाका अध्यक्ष रामप्रसाद निरौला, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख बरिष्ठ प्रहरी नायव निरिक्षक प्रविण भट्टराई, सुरुङ्गा ट्राफिक प्रहरी कार्यालय प्रमुख टंकप्रसाद दाहाल लगायतले विदाई भएर जाने प्रहरी प्रमुख कार्कीको कार्यकालमा अपराध नियन्त्रणमा महत्वपुण भुमिका निभाउन सफल रहनुभएको बताउँदै विदाई गर्नुभएको थियो । लायन्सका तर्फबाट क्याविनेट सेक्रेटरी लीला चिमरियाले कार्कीलाई नेपाली टोपी खादा माला र मायाको चिनो प्रदान गर्नुभएको थियो । कार्यक्रम लायन्सका पुर्व अध्यक्ष तथा प्रेस क्लव कनकाई सुरुङ्गाका सचिव मनोज बस्नेतले गनर््ुभएको थियो ।
कार्की २०७९ साल माघ २६ गते इलाका प्रहरी कार्यालय बिर्तामोडको कमाण्ड सम्माल्न आउनुभएको थियो । प्रहरी प्रमुख कार्की सरुवा भएर नुवाकोट जिल्ला प्रहरी कार्यालयमा जानुभएको छ ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम