कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई माविको खेल मैदानमा आयोजना भइरहेको तेस्रो प्रदेशस्तरीय भेट्रान कपमा आयोजक कनकाई नगरपालिका बिजयी बनेको छ ।
पाहुना टोली उर्लावारी भेट्रान क्लवलाई २—० गोल अन्तरले पराजित गर्दै आयोजक बिजयी हुदै क्वाटरफाईनलमा प्रवेश पाएको हो । आयोजकका लागि दुबै गोल टिम क्याप्टेन समेत रहनुभएका दिलकुमार कार्कीले गर्नुभयो । कार्की म्यान अफ द म्याच हुदै नगर २ हजार रुपैँया समेत प्राप्त गर्नुभयो । उहाँलाई नवजीवन प्रतिष्ठानका तर्फबाट म्यान अफ द म्याच प्रदान गर्नुभयो । कार्कीले खेलको १८ र खेलको इन्जुरी समयमा आफ्नो टिमका लागि गोल गर्नुभयो ।
भोलीको खेल धरान भेट्रान क्लव र बिर्तामोड भेट्रान क्लवविच हुने आयोजक समिति कनकाई भेट्रान क्लवका सचिव तथा प्रचार प्रसार समिति संयोजक रमेशचन्द्रबाबु मैनालीे कनकाई अनलाईनलाई बताउँनुभयो ।
प्रदेश स्तरीय प्रतियोगितामा कोशी प्रदेशका ८ टिमको सहभागिता रहेको छ भने बिजयी हुने टिमले नगद १ लाख १ हजार र दोस्रो हुने टिमले नगद ६५ हजार प्राप्त गर्ने छ । खेलको उदघाटन कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले गर्नुभएको थियो ।
Trending
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु
- डढेलो निभाउन गएको दमकलमै आगलागी
- ओली परिवारद्धारा करोडौको जग्गादान
- आज बिहानै झिलझिलेमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु
- मिनि म्याराथुनमा धरानका प्रसान्त तामाङ्ग प्रथम