कनकाई अनलाईन
भद्रपुर । आर्य समाजका संस्थापक दयानन्द सरस्वतीको २०० औं जन्म जयन्ति तथा शिवरात्री पर्वको अवसर पारेर झापाको सुरूङ्गामा दुई दिने श्रीमद् यजुर्वेद व्रह्मपारायण सुरू गरिएको छ ।
आर्य समाज झापाको आयोजनामा कनकाई ४ माइधार सुरूङ्गामा विश्व शान्ति महायज्ञ ज्ञान ज्योति पर्वका रूपमा दुई दिने पारायण सुरू गरिएको हो ।
पारायण नेपाल आर्य समाजका पूर्व अध्यक्ष आचार्य कमलाकान्त आत्रेयको प्रमुख वाचकत्व तथा आर्य समाजको अग्रज व्यक्तित्व धर्मप्रसाद सुवेदीको प्रमुख यजमानत्वमा यज्ञशाला सञ्चालित रहेको छ ।
यज्ञशालामा आचार्प पण्डित टिकाराम शास्त्री, चिन्तामणि उप्रेती, पिताम्वर शर्मा, सम्भुप्रसाद सुवेदीले यजुर्वेदको पाठ पारायण गरिरहेका छन् भने सञ्चारकर्मी प्रकाश सुवेदीको पनि यज्ञशालामा पाठ पारायणमा सहभागिता रहेको छ ।
Trending
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा
- केराखेतीलाई ढुवानीको साधन
- इलाममा मतगणनाका लागि सर्वदलीय बैठक बस्दै
- मतदानपछि सुहाङको प्रतिक्रिया स् जित्नेमा विश्वस्त छु
- कनकाई माविका शिक्षक, कर्मचारी र समितिका सबै सदस्यका विद्यार्थी सरकारीमा
- मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
- मोटरसाईकल दुर्घटनामा परि मेचीनगरमा एकको मृत्यु