कनकाई अनलाईन
जुवा खेलिरहेको अवस्थामा झापाको गौरादह नगरपालिका ३ को एक घरबाट नगद, तास कौडासहित १५ जुवाडे पक्राउ परेका छन् ।
गौरादह नगरपालिका –३ बस्ने युवराज खड्काको घरमा जुवा खेलिरहेको अबस्थामा शुक्रवार बिहान ३ बजे इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १५ जनालाई नगद १ लाख ३५ हजार नौ सय २० रुपैँया सहित १६ थान कौडा, तीन बुक ताससहित पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इप्रका दमक इलाका प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएकोे जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा