कनकाई अनलाईन
कनकाई नगरपालिकाले करलाई पुरानै अवस्थामा राख्ने निर्णय गरेको छ । कनकाई नगरपालिकाका राजनैतिक दलहरुको सहमतिमा नगरपालिकाले यस अघिकै कर प्रणालीलाई यथावत राख्ने निर्णय गरेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
कर यथावतमा राख्ने निर्णयलाई भने नगरपालिकाको आगामी बस्ने कार्यपालिकाले पास गरेपछि भने लागु हुने नगरप्रमुख पोखरेलले बताउँनुभयो । कर प्रणालीलाई पुरानै अवस्थामा फर्कने भएसगै कनकाई नगरपालिकाका केहि नगरवाशीले भने बढी कर तिर्नुपने भएको छ । नगरपालिकाले करको दर घटाउदा जमिनको करमा ७५ प्रतिशतसम्म घटाइदा धेरैले नगरपालिकाले कर घटाएको भन्दै नगरपालिकाको यस कदमको स्वागत समेत गरेका थिए । तर यहाँका एमाले बाहेकका अन्य दलले यसको विरोध गरेसगै नगरपालिकाले करलाई पुरानै अवस्थामा राख्ने निर्णय गरेको थियो ।