कनकाई अनलाईन
लायन्स क्लव अफ कनकाई दुर्गापुरको स्थापना भएको छ । यस क्षेत्रका युवा समाजसेवी दिपक खतिवडाको अध्यक्षतामा गठित २० सदस्यीय लायन्स क्लवको प्रथम उपाध्यक्षमा तिलचन रिजाल, दोस्रो उपाध्यक्षमा भुवन खतिवडा र तेस्रो उपाध्यक्षमा रमन अधिकारी रहनुभएको छ । यसैगरि सचिवमा डिल्ली रिजाल, कोषाध्यक्षमा प्रमिला नेपाल र सहसचिवमा इशवर सुवेदी रहनुभएको छ ।
यसैगरि सहकोषाध्यक्षमा सरिता अधिकारी, जनसम्पर्क अधिकारीमा युवराज बोहोरा, कार्यक्रम संयोजकमा राजेश श्रेष्ठ, वातावरण संयोजकमा खगमाया चापागाईँ र टिटी संयोजकमा माधव वराल रहनुभएको छ । यसैगरि सदस्यहरुमा सम्भु पोखरेल, भगवती पाठक, रमेश सेर्पा दावा, युवराज अधिकारी, जगनाथ सिग्देल र प्रदिप दंगाल रहनुभएको छ । लायन्स क्लवका डिस्टिक सचिव तथा लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष लीला चिमरियाको प्रमुख आतिथ्यतामा उक्त क्लवको स्थापना गरिएको हो । लायन्स क्लवको मुल नारानै हामी सेवा गछौ रहेकोले यस क्षेत्रका विरामी र कमजोर आय भएका रोगी दुखीहरुको सेवामा लायन्स क्लव अफ दुर्गापुर सदैव रहने लायक्सका अध्यक्ष दिपक खतिवडाले बताउँनुभयो । लायन्सले सामाजिक क्षेत्र, वृद्धबृद्धाहरु र पिछडिएका वर्गका लागि सदैव कार्यक्रमहरु गरिरहेको खतिवडाले बताउँनुभयो । लायन्सले वृक्षरोपण, स्वास्थ्य, शिक्षा लगायातका १४ वटा कार्यक्रमहरु गर्ने योजना समेत बनाइसकिएको अध्यक्ष खतिवडाले बताउँनुभयो । क्लवमा हाल २० जना सदस्य भएपनि यसलाई निरन्तर थप गर्दै लैजाने सचिव डिल्ली रिजालले बताउँनुभयो । कनकाई नगरपालिका ७ दुर्गापुरमा कार्यालय रहेको यस क्लवले यस क्षेत्रका युवालाई समेटने बताइएको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा