कनकाई अनलाईन
भद्रपुर ७ निवासी स्वर्गीय तुलसीप्रसाद ढकालद्वारा लिखित सुव्वा विष्णुलाल जिवनयात्रा र शाखा सन्तान विस्तार नामक पुस्तकको विमोचन गरिएको छ ।
आफ्नै जीवनकालमा प्रकाशन गरी सार्वजनिक गर्ने लक्ष्य राखेका लेखक तुलसी ढकालको पुस्तक लेखिसकेपछि प्रकाशनको तयारीमा रहेकै बेला अचानक निधन भएपछि वार्षिक पुन्यतिथिको अवसरमा मंगलवार भद्रपुरमा छोराहरुले प्रकाशन गरिएको हो ।
आफ्ना बुवाद्वारा लिखित पुस्तकको विमोचन ठुलोवुवा खगेन्द्रप्रसाद ढकालवाट विमोचन गराइएको हो ।
यस पुस्तकका प्रकाशक लेखकका छोरा भेषराज ढकाल रहनुभएको छ भने यो पुस्तक ९२ पृष्ठको रहेको छ । चार खण्डमा विभाजित यस पुस्तकको पहिलो खण्डमा सुव्वा विष्णुलालको जीवनी र काम, दोश्रो खण्डमा वंश विस्तार, तेश्रो खण्डमा केही सान्दर्भिक रचना, र चौथो खण्डमा ढकाल परिवारका दुर्लभ तस्वीर समेटिएको छ । पुस्तक अग्रज पत्रकार गोपाल गिरीले सम्पादन गर्नुभएको हो ।
यो पुस्तक, ढकाल परिवारसँग सम्वन्धित देखिएपनि यसले सुव्वा विष्णुलालका समयमा र त्यसअघि अर्थात नेपाल एकीकरणताका देखिको केही इतिहास, सिद्धपुरबाट चिनिएको ठाउँ भोजपुर भएको किंबदन्ती, भोजपुरको भौगौलिक, सामाजिक, जात जाति र साँस्कृतिकका साथै धार्मिक इतिहास पनि जान्न मद्दत पुग्ने भएकाले अरुका लागि पनि जानकारीमूलक रहेको सम्पादक गिरीले बताउँनुभयो ।
Trending
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन
- च्यालेन्ज कपको उपाधि बिर्तामोडलाई एन्जिलालाई सम्मान
- वाइसिएलको कार्यक्रममा आउँदै गरेको बस चारपानेमा दुर्घटना, डेढ दर्जन घाइते
- अन्तिम खेलमा नेपाल बिजयी
- खर्बुजा कृषकका पिडा रोप्ने बेलामा बिउ मल छैन, बिक्रीका बेला सुईको हल्ला