Kanakai Online

भद्रपुर बिमानस्थलबाटै पेन्टीमा लुकाई लैजादै गरेको ७६ ग्राम ब्राउन सुगर सहित युवती पक्राउ


शुक्रवार, वैशाख २२, २०८० |

कनकाई अनलाईन
भद्रपुर बिमानस्थलमा सुरक्षा चेकजाँचको क्रममा जहाँजमा उडन लागेको यात्रुको भित्री बस्त्र पेन्टीमा लुकाई लैजादै गरको अवस्थामा बिमानस्थल सुरक्षाका लागि खटिएका प्रहरीले ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर सहित एकजना महिलालाई पक्राउ गरिएको छ ।

बिहीवार विहान ९ बजेर १० मिनेटमा बुद्ध एयरको जहाजद्धारा काठमाण्डौ जान लागेकी मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घरभई झापाको मेचीनगर विवाह भएकी २१ बर्षिय सोनी श्रेष्ठ राजवंशीको साथबाट चेकजाँच गर्दा भित्री बस्त्र पेन्टीभित्र २ वटा प्याड बनाई लुकाई लैजादै गरेको अवस्थामा उक्त परिमाणको ब्राउन सुगर चेकजाँजका क्रममा बिमानस्थल सुरक्षाकर्मीले फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्र रिजालले कनकाई अनलाईनलाई जानकारी दिनुभयो ।

प्रहरीले उनीसाथमा रहेकी दिदी बर्ष २३ की सध्या श्रेष्ठ र उनीहरुको साथमा रहेको मोवाईल २ थान, नेपाली नागरिकताको प्रमाणपत्र फेला परेको र उनीहरुलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर