कनकाई अनलाईन
नेविसंघ झापाले कनकाई नगरपालिकाको कनकाई मावि लगायातका सरकारी विद्यालयहरुमा लिइएको शुल्क फिर्ता लिन सम्बन्धित विद्यालयहरुलाई १० दिनको अल्टिमेटम दिएका छन ।
आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गर्दै नेविसंघका जिल्ला निवर्तमान सभापति राजेन्द्र उप्रेतीले सरकारी विद्यालयहरुले चर्को शुल्क लिएर सरकारी विद्यालयभित्रै अर्को बोर्डिङ स्कुल संचालन गरिरहेको पाइएको भन्दै लिएको शुल्क फिर्ता नलिएमा अख्तियार, अदालत सम्म जाने चेतावनी दिनुभयो । सरकारले कक्षा १ देखि ५ सम्म अध्यान गर्ने विद्यार्थीलाई उल्टै खाजा भक्ता दिएको छ तर कतिपय विद्यालयहरुले कक्षा १ लाई समेत भर्ना शुल्क र फि भनेर एकमुष्ठ १२ हजार रुपैँया लिएको पाइएको बताउँनुभयो । यो सरासर गतल कार्य हो । हामीले सरकारी विद्यालयहरुमा अंग्रेजी माध्यमबाट पठन पाठन गर्नुहुदैन भन्ने होईन तर शुल्कका कारण कोहिपनि विद्यार्थी अध्यानबाट नछुटुन भन्ने हो उप्रेतीले भने ।
कनकाई नगरपालिकाका निर्वाचित मेयर उपमेयरले समेत निर्वाचनका वेला कक्षा १२ सम्म निशुल्क शिक्षा दिन्छौ भनेर लेखेको तर निर्वाचन जितेपछि ती वाचाहरु भुलेको उप्रेतीको भनाई छ ।
पत्रकार सम्मेलनमा नेविसंघका पुर्व जिल्ला सहसचिव अशोक पाठक, नेविसंघ जिल्ला सदस्य घनश्याम पाण्डे, नेविसंघ इकाई सभापति कुवेर दाहाल लगायातको सहभागिता रहेको थियो ।