कनकाई अनलाईन
कनकाई। झापाको कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबलको दोस्रो दिनको खेलमा जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले जीत हासिल गरेको छ ।
कनकाई माविको खेल मैदानमा संचालन भएको प्रतियोगिताको दोस्रो दिन बाह्रदशी महिला फुटबल क्लवसँग भएको प्रतिस्पर्धामा ५(ण् गोलको फराकिलो अन्तरले खुदुनाबारीले जीत हासिल गरेको प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए ।
खुदुनाबारीकालागी रचना राईले र कंचन बिमलीले २ र२ गोल गरे भने आशिका राईले थप १ गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाए ।खेलको प्लेयर अफ द म्याच विजयी टिमकी वर्षा मगर घोषित भइन । उनलाई व्यवसायी विरेन्द्र मैनालीबाट प्राप्त सहयोग रकम रू २ हजार प्रतिष्ठानका सल्लाहकार राम निरौलाले प्रदान गरे । सुक्रबारको खेल दमक र सालबारी विच हुने आयोजकले जनाएको छ ।