कनकाई अनलाईन
आगामी स्ववियुको निर्वाचन नजिकिदै जादा कनकाई बहुमुखी क्याम्पस सुरुङ्गामा चुनावी गतिविधि बढेको छ ।
यसैविचमा सरकारको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रको सबैभन्दा तल्लो तर शसक्त कमिटीका रुपमा रहेको विद्यार्थीहरुको भातृ संगठन अखिल क्रान्तिकारीले कनकाई बहुमुखी क्याम्पसमा इकाई कमिटी गठन गरेको छ ।
अंकित दासको नेतृत्वमा गठित २१ सदस्यीय कमिटीमा उपाध्यक्षमा जीना थापा, वकिल मण्डल, सचिवमा नविन ताति, सहसचिवमा राजु थापा, मनिसा गुरागाई र कोषाध्यक्षमा सोनिका कर्मकाल रहेका छन । सदस्यहरुमा निशान्त पाठक, सुरक्षा घिमिरे, सिर्जना पौडयाल, विनिता हेमरम, पुनम लिम्बु, देव मगर र रुविसा खडका लगायात रहेका छन ।
अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष नविन सिटौलाको प्रमुख आथित्यतामा भएको भेलामा, अखिल क्रान्तिकारीका नेता उत्सव वास्तोला लगायातले अहिलेसम्म विद्यार्थीमात्रै नभएर तल्लो बर्गका सबै समुदायको पक्षमा अखिल र यसको माउपार्टी माओवादी पार्टी मात्रै उभिएको बताएका छन ।
यसैविच कनकाई बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले प्यानलै उम्मेद्धार खडा गर्ने निर्णय गरेको छ । यद्धपि देशको राजनैतिक घटनाक्रमलाई नजिकबाट हेरेर तालमेलको ढोकालाई समेत खुल्लै राखेको अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष सिटौलाले कनकाई अनलाईनलाई बताउँनुभयो ।
आजै अखिल क्रान्तिकारीले कनकाई बहुमुखी क्याम्पसमा निर्वाचन प्रयोजनका लागि दर्ता समेत गरेको छ ।