कनकाई अनलाईन
झापामा जारी भद्रपुर झापा गोल्डकपको फाईनलमा विभागीय टोली त्रिभुवन आर्मी प्रवेश गरेको छ । शनिवार भएको पहिलो सेमिफाईनलको खेलमा संकटा क्लवलाई पराजित गर्दै आर्मी फाईनलमा प्रवेश पाएको हो ।
फाइनल पुगेसँगै आर्मीले कम्तिमा ७ लाख रुपैयाँ पक्का गरेको छ ।
निर्धारित ९० मिनेटको समयमा ०–० को बराबरीमा टुंगिएपछि खेलमा १४ मिनेट समय थप गरिएको थियो ।
थप गरिएको समयको ११ औँ मिनेटमा आर्मीका चेतन केसीले गोल गर्दै संकटालाई आर्मीले १–० ले पराजित गरेको हो । आर्मीले पाएको फ्रि–किकलाई केसीले सदुपयोग गर्दै आर्मीलाई महत्वपुर्ण जित दिलाउनुभएको हो ।
जितसँगै आर्मीले उपाधिका लागि मछिन्द्र क्लब र एपिएफ फुटबल क्लबबीचको विजेतासँग मंगलबार खेल्नेछ ।
शनिवारको प्रतियोगितामा दुवै टिमले आक्रामक खेल खेलेका थिए । दुवै टोलीले गोल गर्ने अवसरहरु गुमाएका थिए ।
खेलको ८८ औँ मिनेटमा आर्मीका रिपु भुलानको पासमा प्रज्ज्वल गुरुङले हेडमार्फत गरेको गोल अफसाईड दिइदा आर्मीले अग्रता बनाउँन सकेन ।
यसैगरि संकटाका मनिष डाँगीले बललाई अगाडि बढाउँदै गरेको प्रहार पोस्ट नजिकबाटै बाहिरियो ।
शनिबारको खेलको प्लेयर अफ द म्याच आर्मीका सुरज बस्नेत घोषित हुदै नगद २० हजार पुरस्कार पाउनुभयो ।
आइतबार हुने अन्तिम सेमिफाइनल खेल मछिन्द्र क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ ।
गोल्डकपको विजेता टोलीले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ पाउने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो ।
उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता, उदयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, फाइनल खेलको पहिलो गोलकर्ता र प्रशिक्षकलाई २५ हजार दिइने आयोजकले जनाएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ दिइने आयोजकले जानकारी दिएको छ ।
Trending
- गिरीबन्धुका चिया मजदुरले दुई महिनादेखी पाएनन् तलव
- झापामा लागुऔषध कारोबारः गोली लागेका आलमको भद्रपुरमा उपचार हुँदै
- ‘लोप्रोफाइल’का सुहाङ एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए
- कामाटोलीमा लागुऔषध कारोवारी प्रहरीको भिडन्त गोली लागेर एक घाइते
- डिडिसीद्वारा किसानलाई त्रिचालिस करोड भुक्तानी
- करिब १९ हजार मत गनिसक्दा सुहाङलाई २ हजारभन्दा बढी मतको अग्रता
- खेलप्रेमी गौरीलालको स्मृतिमा जिल्ला स्तरीय कराते
- श्री बराईली कुल बंशको श्रीमदभागवत कोटीहोममा