कनकाई अनलाईन
झापा बुद्धशान्ति गाउँपालिका ३ बुधवारे बजारमा भेटिएका ३ जना वालकहरुको उद्धार गरि सुनसरी इटहरी स्थित अस्थायी संरक्षण केन्द्रमा जिम्मा लगाइएको छ ।
आइतवार दिउसो बजारमा वेवारिसे अवस्थामा भेटिएका १३ बर्षमा एम्जल लिम्बु, ११ बर्षको सुशिल लिम्बु र १० बर्षका होमन्च मगरलाई स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको उद्धार गरि वालवालिका खोज तलास केन्द्रको समन्वयमा स्थानीय जनप्रतिनिधि, पत्रकार र सामाजिक संघ संस्थाको पहलमा उद्धार गरि संरक्षण केन्द्रमा जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।