कनकाई अनलाईन
झापा गाउँपालिकाको आयोजनामा झापाको झापा गाउँपालिकामा शुक्रबार देखि जारी प्रदेश १ पालिका स्तरीय पुरुष भलिवल प्रतियोगितामा फाइनल खेलमा आयोजकसंग दमकको भेट पक्का भएको छ।
झापा(६ को शरणामती स्थित जनता माध्यमिक विद्यालयको खेल मैदानमा सोमबार भएको पहिलो सेमीफाइनल खेलमा झापाकै विर्तामोडलाई ३(१ को सेटमा हराँउदै दमकले अन्तिम दुइमा आफ्नो स्थान सुरक्षित गरेको हो।खेलमा म्यान अफ द म्याच दमकका पुकार तामाङ घोषित भए ।सेमीफाइनलबाट बाहिरिएको बिर्तामोडले १० हजार नगद पुरस्कार पाएको छ।
त्यस्तै आजै भएको दोस्रो सेमीफाइनल खेलमा आयोजकले हतुवागढ़ी गाउँपालिका भोजपुरलाई ३(१ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको छ।खेलमा म्यान अफ द म्याच आयोजक टिमका रविन गौतम घोसित भए।सेमीफाइनलबाट बाहिरिएको हतुवागढ़ीले १० हजार नगद पुरस्कार पाएको छ।यो सँगै आयोजकले उपाधीका लागी दमक संगको भेट पक्का गरेको छ ।
भोली मंगलबार १ बजे दमक र आयोजक बीच उपाधीका लागि प्रतिष्पर्धा हुनेछ।
तेस्रो अध्यक्ष कपको विजेताले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले १ लाख ५ हजार ५ सय ५५ सहित ट्रफी, मेडल, प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ । खेलमा वेस्ट प्लेयरले ११ हजार नगद, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्ट डिफेन्स, वेस्ट स्पाइकर र राइजिङ प्लेयरले समेत ५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् ।