कनकाई अनलाईन
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेपाली कांग्रेसका नेता तथा पुर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाको एकमात्र नाम सर्वसम्मत सिफारिस भएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको कार्यालयमा शुक्रबार बसेको ३ नम्बर क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ नेता सिटौलाको नाम सर्वसम्मत सिफारिस गरिएको क्षेत्रीय सभापति गणेश पोखरेलले बताउँनुभयो ।
त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस गरेको छ ।
त्यस्तै बैठकले प्रतिनिधिसभा समानुपातिकतर्फ भारतेन्दुकुमार मल्लिक, सुशीला ढकाल, राजेन्द्र घिमिरे र डम्बरसिंह सिंगुको नाम सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश सभा सदस्य (क) बाट भूमिप्रसाद राजवंशी र प्रदेश (ख) बाट नवीन बिमली, भगीरथ पोद्दार र भरत प्रसाईँको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
काग्रेस नेता तथा पुर्व महामन्त्री सिटौलाले झापा ३ बाट हालसम्म ७ औं पटक यस क्षेत्रबाट प्रत्यक्ष उम्मेद्धार दिनलाग्नुभएको हो । २०४८ सालको संसदीय निर्वाचनमा एमालेका द्रोणप्रसाद आचार्यसँग सिटौला पराजित हुनुभएको थियो ।
२०५१ सालको संसदीय निर्वाचनमा एमालेका पुष्पराज पोखरेलसँग सिटौला दोस्रो पटक पराजित हुनुभएको थियो । २०५६ सालको संसदीय निर्वाचनमा एमालेका नारायणसिंह राजवंशीलाई पराजित गर्दै सिटौला पहिलो पटक यस क्षेत्रबाट निर्वाचित भई संसदमा प्रवेश गर्नुभएको हो । यसपछिका निर्वाचनमा समेत २०६४ सालमा भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादीका पुर्णसिंह राजवंशीसग पराजित हुनुभएका सिटौला संविधानसभाको दोस्रो निर्वाचनमा राप्रपाका राजेन्द्र लिङदेनलाई पराजित गर्दै बिजयी हुनुभएको थियो । गत २०७४ सालको निर्वाचनमा भने लिङदेन पुन राप्रपाकै लिङदेनसगै पराजित हुनुभएको थियो ।
यसैगरि नेपाली कांग्रेसका झापा जिल्ला सभापति देउकुमार थेवेलाई झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसले उम्मेदवार सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
सुक्रबार बसेको नेपाली कांग्रेसको उम्मेदवार छनौट समितिले थेवेलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्र नम्बर ४ का नेका क्षेत्रीय सभापति जयनारायण साहले बताउनु भयो ।
त्यस्तै भेलाले समानुपातिक तर्फ उत्तम चम्लागाईंलाई सर्वसम्मत उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरेको साहले जानकारी दिनुभयो ।
त्यसैगरी क्षेत्र नं. ४ (क)मा महेश्वर दुलाल, मचिन्द्र शेर्मा, पदम रिजाल, पर्शुराम ढुंगाना, विनोद ढकाल, नारायण बजगाईँं र किरण भट्टराईलाई सिफारिस गरेको छ । समानुपातिक तर्फ सुर्य नारायण ताजपुरिया, सन्तोष मेन्याङबो, अधिकचन ताजपुरिया, यादब श्रेष्ठ, भक्ति सिटौला, दिनेश्वर राजवंशी, भुपेन्द्र ढुंगाना र जेठा मुर्मूको नाम सिफरिसमा परेका छन् । महिला तर्फ जयकुमारी चेम्जोङ्ग, इन्द्रकुमारी पाण्डे, निता सिटौला, मथुरा श्रेष्ठ, चन्द्रकला कोइराला गौतमको नाम सिफरिस गरिएको नेपाली कांग्रेस क्षेत्र ४ (क) का प्रदेश सभापति विनोद ढकालले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले झापा क्षेत्र ४ (ख)को उम्मेद्वारका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।
त्यस्तै क्षेत्र ४ (ख) को प्रत्यक्ष तर्फ जीवन गिरी, एकराज उप्रेती र खड्ग कार्कीको नाम सिफारिस गरेको हो ।
त्यस्तै गरी समानुपातिकमा भिम राजवंशी, टंक विश्वकर्मा, मनोजकुमार पोख्रेल र महिला सदस्यमा लक्की गणेश, कविता बस्नेतलाई सिफारिस गरिएको नेपाली कांग्रेस शिवसताक्षी नगर सभापति अशोक बस्नेतले जानकारी दिनुभयो ।
यसैगरि झापा क्षेत्र नम्बर १ बाट कांग्रेसले पार्टीका महामन्त्री विश्वप्रकाश शर्माको एकल निर्णय गरिसकेको छ ।