Kanakai Online

नेपाली सेनाद्धारा निर्मित विद्यालय भवन विद्यालयलाई हस्तानतरण


आइतवार, साउन १५, २०७९ |

कनकाई अनलाईन
नागरिक सैनिक सम्बन्ध विस्तार योजना अन्र्तगत झापा गाउँपालिका ७ मदरगाछमा नेपाली सेनाद्धारा निर्मित २ कोठे विद्यालय भवन विद्यालयलाई आज हस्तानतरण गरिएको छ ।
नेपाली सेनाको पुर्वी कमाण्ड सेनापति उपरथी इटहरीका सहदेव खडकाबाट जनकल्याण माविका प्रअ पदमप्रसाद अधिकारीलाई हस्तानतरण गर्नुभयो । कुल ३२ लाख १८ हजार ८ सय ५५ रुपैँयाको लागतमा विद्यालयको सौचालय, सभाहल र एउटा कक्षा कोठाको निर्माण गरिएको हो । भवन हस्तानतरण कार्यक्रममा बोल्दै सेनापति खड्काले नेपाली सेना जनतासग पनि सहयोग सदभाव र मिलेर काम गर्न तयार छ भन्ने शन्देश प्रवाह गर्नका लागि झापामा सो भवन बनाइएको बताउँनुभयो ।

सेनाले नागरिकसग सधै साथ र सहकार्य गर्न तयार रहेको समेत खडकाले बताउँनुुभयो । कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालले नेपाली सेनाको उक्त कार्यले नागरिक र सेनाको सम्बन्ध अझ वढेर गएको बताउँदै ग्रामिण क्षेत्रको शिक्षामा सेनाको यस कार्यले ठुलो राहत मिलेको बताउँनुुभयो । कार्यक्रममा झापा गाउँपालिका ७ नम्बरका वार्ड अध्यक्ष सखिचन ठाकुर लगायातले नेपाली सेनाको कार्यले सेना नागरिकको सम्बन्ध सुमधुर बनेको बताउँनुभयो ।