कनकाई अनलाईन
नेपाल भारत पर्यटन प्रवर्धन गर्ने उद्धेश्यका साथ आगामी डिसेम्बर ९ देखि ११ सम्म भारतको कोलकातामा सुन्तला महोत्सव हुुने भएको छ । यसवारेमा नेपाल–भारतबीच पर्यटन प्रवर्धन गर्ने उद्देश्यले शुक्रबार काँकरभिट्टामा वृहत छलफल भएको छ ।
छलफलले आगामी २०२२ डिसेम्बर ९, १० र ११ तारिखमा कोलकातामा हुने ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ गर्ने तयारीका लागि वृहत छलफल कार्यक्रमको आयोजना गरिएको छ । यसका लागि भारतका राज बशु र नेपालबाट अर्जुनकुमार कार्कीको संयोकत्वमा नयाँ समिति निर्माण समेत गरिएको छ ।
बशु भारतमा ग्रामिण पर्यटनका गान्धीको रुपमा परिचित हुुनुहुुन्छ भने कार्की पर्यटन अभियन्ता र मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष समेत रहनुुभएको छ । आगामी अगष्ट ६ तारिखमा भारतको सिलीगुडीमा हुने वैठकले ‘हिमालयन ओरेन्ज पर्यटन महोत्सव’ का लागि मुल समिति नै बनाउने निर्णय गरिएको कार्कीले जानकारी दिनुुभयो ।
भारतसँग प्रदेश नम्बर १ कालाई पर्यटनसँग कसरी जोड्न सकिन्छ भन्ने उद्देश्यले काँकरभिट्टामा नेपाल–भारतका सरोकारवालासँग वृहत छलफल आयोजना गरिएको वडाअध्यक्ष कार्कीको भनाई छ । छलफलमा दुई देशका वक्ताहरुले पर्यटन प्रवर्धनमा जोड दिनुभएको थियो ।
छलफलमा नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साह, संविधान सभा सदस्य रविन कोइराला, प्रज्ञा सभा सदस्य शुभद्रा भट्टराई, पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख प्रभात भट्टराई, पर्यटन अभियन्ताहरु भविश्वार श्रेष्ठ, विनोद गुरुङ, एकराज घिमिरे, देवेन्द्र खरेल, बासुदेव खड्का, उदयकुमार श्रेष्ठ, डिएसपी ज्ञानकुमार महतो तथा भारतका पर्यटन अभियन्ता राज वशु, कल्याण राई लगायतले पर्यटन प्रर्वधन गर्न सके दुई देशलाई फाइदा पुग्ने विषयमा चर्चा गरेका गनुुभयो । त्यसका लागि दुवै देशका अभियनताहरुले एक अर्कामा सहकार्य गरेर अघि बढ्ने सहमति भएको छ ।
छलफलमा पर्यटन, ट्राभल्स, होमस्टे, नौमति बाजा बजाउने महिलाहरु, चित्रकार, परिवर्तन थियटरका कलाकार, देवकोटा पार्कका प्रतिनिधि, ग्रामिण क्षेत्रका उद्योगी–व्यापारी लगायत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । हरेक बर्ष कलकत्तामा सन्तोला महत्सव गरिने गरिएको भएपनि केहि बर्षदेखि कोरोना महामारीका कारण यो महोत्सव रोकिदै आएको थियो । महोत्सवमा नेपालबाट उत्पादित विभिन्न कृषि उपज र उत्पादनले घनावस्ती भएको छिमेकी कलकत्तामा बजार पाउदै आएको छ ।
फोटो ः काँकडभिट्टामा सुन्तला महोत्सवका वारेमा नेपाल भारतका सरोकारवालाहरुको वृहत छलफल हुदै