कनकाई अनलाईन
छोटो समयमा कनकाई नगरमा राजनैतिक र सामाजिक गतिविधिमा नेतृत्वदायी भुुमिकामा रहेको स्वतन्त्र नागरिक अभियानले आज सुुरुङ्गा बजारमा सरसफाई अभियान संचालन गरेको छ ।
सामाजिक अभियान्ता शेरबहादुुर थापाको नेतृत्वमा रहेको सय वढी अभियानकर्मीले सुुरुङ्गा बजार सरसफाई गरेको हो ।
हाम्रो कनकाई हाम्रो गौरव भन्ने नारासहित सरसफाईमा जुुटेका अभियानकर्मीहरुले हातमा झाडुु लिएर फोहोर सफाई गरेका हुुन । यसैगरि सोहि अभियानमा थ्रोत्रा सामानहरु कवाडी, वोतलहरु संकलन गरि अनाथ आश्रमलाई सहयोग गर्न समेत थ्रोत्रा समानहरु समेत संकलन गरिएको थियो । सो सामानहरु विक्रीवाट संकलित रकमबाट अनाथआश्रमलाई सहयोग गरिने समेत अभियानकर्मीले जनाएका छन ।
सरसफाई अभियानमा स्वतन्त्र नागरिक अभियानका संयोजक शेरबहादुुर थापा लगायात अन्य सदस्यहरु हेमराज विमली, दिननाथ खतिवडा, श्याम पौडेल, कुुमार न्यौपाने लगायातले बजार सरसफाईमा सहभागिता जनाउनुुभएको थियो । राजनैतिक दलहरु सामाजिक गतिविधिमा कम र संघ संस्थाको निर्वाचनमा वढी सक्रिय रहने कनकाईमा स्वतन्त्र नागरिक अभियानको यस कार्यले दलहरुमा सामाजिक बन्न दवाव श्रृजना भएको छ भने नगरपालिकाबाट आर्थिक अनुुदान लिएर सामाजिक गतिविधि गर्ने संघ सस्थालाई समेत अभियानले पाठ सिकाएको छ ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ