कनकाई अनलाईन
झापाको शिवसताक्षी नगरपालिकाले यसै आर्थिक बर्षमा शिक्षा र खेलकुद लक्षित बजेट बनाएको जनाएको छ ।
संघिय सरकारको कार्यक्रम अनुसार एक पालिका एक रङ्गशाला कार्यक्रम र नगरका सबै वार्डहरुमा खेलकुद गतिविधि संचालनका लागि समेत बजेट बिनियोजित गरेको नगरका प्रमुख मेघाहाङ्ग थोप्रा रोषनले बताउँनुभयो । आज शिवसताक्षी नगरपालिकामा रिर्पोटर्स क्लव मेचीको आयोजनामा भएको बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष विषयक जनप्रतिनिधिसग पत्रकारको साक्षत्कार कार्यक्रममा बोल्दै नगरप्रमुख थोप्राले नगरको गौरवको योजनाहरुमा खेलकुद र शिक्षलाई प्राथमिकता दिएको बताउँनुभयो ।
शिक्षाका लागि सबै नगरका विद्यालयहरुलाई अबका केहि बर्षभित्रै स्मार्ट विद्यालय बनाइने र सो अनुसार तयार नहुने विद्यालयहरुलाई नजिक्कैका अन्य विद्यालयहरुमा गाभिने निति समेत नगरपालिकाको रहेको उहाँले बताउँनुभयो । नगरका सबै पर्यटकिय स्थलको विकासका लागि नगरले बजेट छुट्टाएको बताउँदै यसै बर्ष जिल्लाकै प्रमुख पर्यटकिय स्थल दोमुखासम्म जाने माइधारदेखि दोमुखा सम्मको ४ किलोमिटर सडक सेल्फी रोड बनिसक्ने र यसका लागि ४ करोड रुपैँया बजेट नगरले छुट्टाएको नगरप्रमुख थोप्राले बताउँनुभयो ।
कृषि, स्वास्थ्य, रोजगारीमा समेत नियमित बजेट छुट्टिएको भन्दै यस क्षेत्रको प्रमुख समस्याका रुपमा रहेको धनीपुर्जा वितरणका लागि आयोगसग समन्वय गर्नका लागि समेत उचित बजेट छुट्टाएको नगरप्रमुखको भनाई छ । यस अघिका नगरप्रमुले गरेका राम्रा कामहरुलाई निरन्तता दिदै कतिपय परिमार्जन गर्नै पर्ने काम र योजनाहरुलाई भने सुधार गरिएको समेत नगरप्रमुख थोप्राले बताउँनुुभयो ।
नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले नगरले अघिल्ला समितिले गरेका र अधुरा कामहरुलाई आवश्यकताका आधारमा निरन्तता दिइने बताउँदै नगरले रासायनिक मलको कम प्रयोग गर्नका लागि कृषकलाई आर्गनिक मल नर खेतीका लागि अभिप्रेरित गरिने बताउँनुभयो । नगरलाई धार्मिक पर्यटनको हव बनाइने भन्दै नगरको माटो जोगाउनका लागि विशेष कार्यक्रम ल्याइने बताउँनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत राई, योजना प्रमुख प्रकाश चौधरी, लेखा प्रमुख प्रकाश योङहाङ लगायातले नगरपालिकामा शिक्षाका लागि सबै वार्डहरुमा ज्ञानकेन्द्र, नगरपालिकाले दमकल खरिद, र नगरका बासिन्दालाई विरामी हुदा निशुल्क एम्बुलेन्स सेवा र मृत्यु हुुदा निशुुल्क शववाहन उपलब्ध गराउने बताउँनुभयो ।
कार्यक्रम रिर्पोटर्स क्लव मेचीका अध्यक्ष शेखर सेडाईको सभापतित्व एवम् उपाध्यक्ष तुुलसी निरौलाको संचालनमा सम्पन्न भएको थियो ।