कनकाई अनलाईन
सुरुङ्गा । झापामा पहिलो पटक कनकाई नगरपालिका ३ मा संचालित ग्लोबल एडुकेयर एकाडेमीमा खेलकुद एकाडेमी संचालनमा आएको छ ।
विद्यालय समय देखि बाहिर विहान र वेलुकीको समयमा विद्यालयमा फुटबल, क्रिकेट, ब्याटमिटन, कराते, म्युजिक, भलिवल,डान्सका कक्षाहरुलाई एकाडेमीकै रुपमा संचालनमा ल्याइएको बिद्यालयका पिन्सिपल बिमान लामाले बताउँनुभयो ।
यी खेलका लागि प्रत्येक खेलका लागि फरक फरक प्रशिक्षकसमेत नियुक्त गरेर विद्यालयले खेल गतिविधिहरु संचालन गरिरहेको छ । जसमा करातेका लागि चर्चित कराते प्रशिक्षक राम पाठक, क्रिकेटमा अनिस कट्टेल, म्युजिकमा कुमार पालुङ्गा, डान्समा निसान खान, फुटबल र भलिवलमा ललित ल्वागुनलाई कोचका रुपमा रहनुभएको विद्यालयका संचालक समेत रहनुभएका निशान लामाले बताउँनुभयो । एकाडेमीमा आफ्ना ग्लोबल एडुकेयरका विद्यार्थीहरुलाई अतिरिक्त शुल्क नलाग्ने तर अन्यत्रका विद्यार्थीहरुले भर्ना हुन चाहेमा भने भर्ना शुल्क लगायातका शुल्क भने लाग्ने पिन्सिपल लामाले बताउँनुभयो ।
विद्यालयका अविभावकहरुलाई आफ्ना छोराछोरीहरु स्कुल समयवाहेक खेल्नका लागि अन्यत्र जादा कता जालान भन्ने पिर हुने उचित प्रशिक्षक नहुदा सहि प्रशिक्षण नपाउने हुदा विद्यालयले विद्यालय समय बाहेकका लागि प्रशिक्षकको व्यावस्था गरेर एकाडेमीनै संचालन गरेको लामाले बताउँनुभयो । एकाडेमीका तर्फबाट राम्रो प्रतिभा हुने विद्यार्थी खेलाडीलाई माथिल्लो खेलमा प्रतियोगिताहरुमा जानका लागि समेत उत्प्रेरणा दिने समेत प्रशिक्षक अनिस कट्टेलले बताउनुभयो ।
पढेर जागिरै खानुपर्छ भन्ने पनि छैन खेलेरै पनि नाम र दाम राख्ने दशौ हजार खेलाडीहरु नेपालमै हुनुहुन्छ पिन्सिपल लामाले भन्नुभयो । खेलबाट कुनै हानी नोक्सानी हुन्न मानसिक र शारिरीक रुपमा तन्दुरुन्तीका लागि मद्धत गर्छ लामाले भन्नुभयो । हाल एकाडेमीमा विभिन्न खेल विधामा स्कुल समय वाहेक खेल विधामा तालिम लिने विद्यार्थीको सङ्ख्या ठुलो सङ्ख्यामा रहेको छ । युवा पिन्सिपल लामाको पहलमा विद्यालयलाई अन्तराष्ट्रिय सटिफिकेट समेत प्राप्त गरिसकेको छ ।