कनकाई अनलाईन
नगरमा सामुदायिक कुकुरहरुको सङ्ख्या बढेसगै शिवसताक्षी नगरपालिकाले सामुदायिक कुकुरहरुको स्थायी बन्ध्याकरण र रेविज विरुद्ध खोप लगाएको छ ।
शिवसताक्षी नगरपालिकाको आर्थिक सहयोग र पज सोसाइटी नेपालको आयोजनामा शनिवार र आइतवार दुईदिने सामुदायिक कुकुरको बन्ध्याकरण क्यापिङ्ग गरिएको हो । शिवसताक्षी न.पा. ११ स्थित भूपू सैनिक संघको हलमा संचालन गरिएको उक्त क्याम्पिङ्गबाट यस क्षेत्रका सामुदायिक कुकुरलाई बन्ध्याकरण र रेबिजको खोप एकसाथ लगाइएका े शिवसताक्षी नगरपालिका प्रमुख मेगाहाङ्ग थोप्राले बताउँनुभयो ।
छाडा रुपमा रहेका सामुदायिक कुकुरहरुको झुण्डले स्थानीय स्तरमा रहेका कृषकहरुको गाई, भैसी, साना, पाडा, पाडी, खेतमा चरनका लागि बाँधिएका पशुहरुलाई टोकी घाइते बनाएको जनगुनासो आएपछि नगरपालिकाले त्यसको न्यूनिकरणका लागि नगरपालिकाले स्थायी बन्ध्याकरण तथा रेविज विरुद्ध खोपको क्याम्पेन सञ्चालन गरेको शिवसताक्षी नगरपालिका पशुसेवा शाखा प्रमुख राम अवतार यादवले बताउँनुभयो । बन्ध्याकरणबाट सामुदायिक कुकुरहरुको उच्च बृद्धिदर नियन्त्रण, मानव समुदायमा रेविज रोग नियन्त्रण र कुकुरका कारण हुने सडक दुर्घटनामा न्युनिकरण हुने नगरपालिकाले जनाएको छ ।
सामुदायिक कुकुर समात्ने उपकरणसहितको प्राविधिक जनशक्ति परिचालन गरी बन्ध्याकरण र रेविज विरुद्धको खोप लगाएर सामुदायिक कुकुरलाई छोडिएको छ ।
क्याम्पिङ्गमा ४ जना वरिष्ठ पशु चिकित्सक र अन्य प्राविधिकहरुको सभागिता रहेको थियो ।