Kanakai Online

कनकाईमा राजेन्द्रले मतअन्तर बढाउदै, जेब्रालाई १०४६ मतले पछि पारे


सोमवार, जेठ २, २०७९ |

आइपी भट्टराई
कनकाई नगरपालिकाको मत गणनामा कनकाई नगरपालिकाको साविक सुरुङ्गा गाविसमा लागेसगै मेयरमा सुर्य चिन्हका राजेन्द्रकुमार पोखरेलले अग्रता बढाउदै लगेका छन । अहिले ६ बजेसम्मको ताजा मत परिणाम अनुसार जम्मा १६ हजार ३ सय ३९ मत गणना हुदा राजेन्द्रकुमार पोखरेलले ५३ सय ७ मत ल्याएर अग्रता जोगाइरहेका छन भने दोस्रोमा स्वतन्त्रका उम्मेद्धार शेरबहादुर थापाले ४२ सय ५९ मत ल्याएर उनलाई पछयाईरहेका छन ।

तेस्रोमा नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियाले ३७ सय ४६ मत ल्याएका छन ।

चौथोमा राप्रपाका श्याम ओलीले १३२० मत ल्याउदा पाचौमा साझा विवेकशीलका भीमप्रसाद अधिकारीले ९९ मत र छैठौमा मौलिक जरोकिलोकी टंका उप्रेतीको १६ मत र सातौमा विप्लप माओवादीको देवि उप्रेतीको १ मत आएको छ ।

यसैगरि उपमेयरमा कांग्रेसकी आशाशर्मा शिवाकोटीको ६३ सय ७१ मत र सुर्यकी एमालेका मन्जु प्रसाईको ५५ सय ६६ मत आएको छ । उपमेयरमा आशाशर्मा शिवाकोटीले ८०५ मतले अग्रता लिनुभएको छ ।

उपमेयरमा हलोकी सचित्रा खनालको ११ सय ७ मत र नेकपा एसकी अम्बिका उप्रेतीको ४ सय ८२ मत आएको छ । यसैगरि साझा विवेकशीलकी अम्बिका चापागाईको ७१ म्त र मौलिक जरोकिलो पार्टीको १२ मत आएको छ । कनकाईमा जम्मा २५ हजार ८ सय ५१ मत खसेको थियो । हाल ३,४ र ५ को मतगणना हुदै छ ।