
कनकाई अनलाईन
आज भएको स्थानीय तहको निर्वाचनमा लक्षित गरि कनकाई नगरपालिकाका सबै निर्वाचन केन्द्रमा प्राथमिक स्वास्थ्य हेल्प डेक्सको माध्यमबाट स्वास्थ्य कर्मी परिचालन गरिएको छ ।
बृद्धबृद्धा असक्क्त र विरामीहरुका लागि औषधि सहितको स्वास्थ्यकर्मी राखि हेल्थ डेक्स राखिएको कनकाई नगरपालिकाका स्वास्थ्य निर्देशक नारायण अधिकारीले कनकाई अनलाईनलाई बताउँनुभयो ।
यसका लागि सबै १२ स्थानका ४० निर्वाचन केन्द्रमै सिनियर अहेव र हेल्थ असिस्टेण्डको टोली राखिएको र उनीहरुले मतदानका वेला आउन सक्ने स्वास्थ्य समस्यकाका लागि प्राथमिक उपचार निर्वाचन केन्द्रमै गर्ने समेत अधिकारीले बताउँनुभयो । आफुले निर्वाचनका वेला आएर मतदानस्थलमै ढलेका विरामीहरुको प्राथमिक उपचार गरि मतदान गरेको कनकाई माविमा उपचारमा खटिनुभएकी अहेव स्मृता राउतले बताउँनुभयो ।
यता कनकाई वाहेक अन्य निर्वाचन क्षेत्रमा यति धेरै स्वास्थ्यकर्मी परिचालन गरेर स्वास्थ्य हेल्प डेक्स नै संचालन गरेको भने थाहा नभएको कनकाई नगरपालिकाका निर्वाचन अधिकृत दिपक कोइरालाले बताउँनुभयो ।



