Facebook Twitter Instagram
    Trending
    • बिर्तामोडको प्रकाश आयलमा पेट्रोलमा पानी मिसाउदै विक्री
    • पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा बोलायो
    • मलेसियामाथि नेपालको उत्कृष्ट जित
    • बिर्तामोड खानेपानीको निर्वाचनमा लोकतान्त्रिक राष्ट्रवादी प्यानलै बिजयी
    • झापा कारागारका १५ कैदीलाई कैद मिनाहा
    • बिर्तामोड खानेपानीमा मेघराजको लोकतान्त्रिक राष्ट्रवादी प्यानलले अग्रता बढाउँदै नयाँ अपडेट
    • चारआली स्पोर्टिङ्ग र युनाइटेड बोइज क्लब, त्रिवेणी मिनि गोल्डकप को क्वाटरफाइनलमा प्रवेश
    • पृथ्वीनगरमा बुलेरो पिकअप दुर्घटना
    Facebook Twitter Instagram
    Kanakai Online
    Subscribe
    • कनकाई विशेष
    • झापा गाउँपालिका
    • अपराध
    • राजनीति
    • खेलकुद
    • निर्वाचन विशेष
    • प्रविधि
    • विचार
    • आर्थिक
    Kanakai Online
    Home » झापामा मतदानका लागि तयारी अन्तिम चरणमा

    झापामा मतदानका लागि तयारी अन्तिम चरणमा

    lilarajBy lilarajMay 12, 2022No Comments2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कनकाई अनलाईन

    झापा, बैशाख २८ । शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानका लागि झापामा तयारी अन्तिम चरणमा पुगेको छ ।

    जिल्लाका ७५५ वटै मतदान केन्द्रमा मतपत्र , मतपेटिकालगायत आबश्यक सबै कागजात र सामग्री पु¥याइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सोमबार ३६१ वटा र मंगलबार ३९४ वटा मतदान केन्द्रमा मतदानका लागि आबश्यक सामग्री पु¥याइएको जिल्ला निर्वाचन अधिकारी तुलसीकुमार नेपालले बताए ।

    त्यसैगरी बुधबारदेखि मतदान केन्द्रहरुमा संरचना निर्माण थालिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म सम्पन्न गर्नेगरी बुथ निर्माणको काम थालिएको उनले जानकारी दिए । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । १० प्रतिशत जगेडासहित करिव ७ लाख मतपत्र झापा ल्याइएको छ । जिल्लामा २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र रहेका छन् । मतदान सम्पन्न गर्न ४ हजार ३०९ जना कर्मचारी खटाइएको नेपालले जानकारी दिए । सबै कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।

    शुक्रबार देशका ७५३ वटै पालिकामा नयाँ नेतृत्वका लागि मतदान हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
    यसैबीच मतदाता नामावलीमा नाम समावेश भएकाहरुले नागरिकतालगायत परिचय खुल्ने सरकारी कागजात देखाएर मतदान गर्न पाइने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार विज्ञप्ति निकालेर शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा मतदाता नामावलीका आधारमा मतदान गर्न पाउने जानकारी गराएका हुन् ।

    ‘मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पुर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था गर्न सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ । मतदानका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । विभिन्न जिल्लामा रहेका मतदान केन्द्रबाट बुधबारदेखि मतदाता परिचयपत्र वितरणको काम भइरहेको छ । कर्मचारीहरूले बिहीबारसम्म परिचयपत्र वितरणको काम सम्पन्न गर्ने आयोगले जनाएको छ ।

    स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातबाट मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ।
    मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रसार र अरु क्रियाकलाप गर्न पाइँदैन। मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका कामसँगै छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठीलगायत कुनै पनि क्रियाकलाप गर्न पाउँदैनन्।
    तर, राजनीतिक दलका नेताकार्यकर्ताले मौन अवधि तोडेका छन्।पार्टी समर्थकहरुले पनि सामाजिक संजालमा मौन अवधिमा समेत भोट मागिरहेका छन् । त्यसबारे निर्वाचन कार्यालयमा उजुरी भने नपरेको नेपालले बताए ।

    Post Views: 27



    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    lilaraj

    Related Posts

    बिर्तामोडको प्रकाश आयलमा पेट्रोलमा पानी मिसाउदै विक्री

    May 31, 2023

    पहिचान पक्षधरलाई कोशी प्रदेश सरकारले वार्तामा बोलायो

    May 30, 2023

    मलेसियामाथि नेपालको उत्कृष्ट जित

    May 30, 2023

    Leave A Reply Cancel Reply

    Latest Posts
    मुख्य खबर

    लायन्स क्लवको पदस्थापनामा साहित्यकार तूलसीदास सम्मानित

    September 1, 2017
    खेलकुद

    सुरुङ्गामा भदौ ३१ देखि मेयरकप हुदैँ

    September 1, 2017

    Subscribe to News

    Get the latest sports news from NewsSite about world, sports and politics.

    कनकाई नगरपालिका ३, सुरुङ्गा, बजार ( हरिकुल बोडिङ छेउ )
    ➤ समाचार, लेख, रचनाको लागि सम्पर्क :
    [email protected]
    ➤ बिज्ञापनको लागि सम्पर्क :
    ०२३—५५२४२२ ,९८५२६७३२०५

    Facebook Twitter Instagram Pinterest YouTube

    हाम्रो टिम

    ➤ सम्पादक/प्रकाशक : लीलाराज झापाली
    ➤ सहसम्पादक: आइपी भट्टराई
    ➤ सल्लाहकार सम्पादक : घनेन्द्रराज खनाल
    ➤ बजार प्रतिनिधि : ऋषि लामिछाने
    ➤ प्रधान सम्पादक : केशव चापागाई
    ०२३-५५२४२२/९८५२६७३२०५/९८१६०६४०४४

    Subscribe to Updates

    Get the latest creative news from Kanakai Online about art, design and business.

    Facebook Twitter Instagram Pinterest
    © 2023 Kanakai Online

    Type above and press Enter to search. Press Esc to cancel.