कनकाई अनलाईन
प्रदेश सरकारका भुमि सुधार सहकारी तथा गरिबी निवारण मन्त्री ओमप्रकाश शरावगीले सहकारीको माध्यमबाट देशमा रोजगारीको श्रृजना र गरिबी निवारणका लागि काम गर्नुपर्ने बताउँनुभएको छ ।
सहारा नेपाल साकोस बिर्तामोडको २७ औ बार्षिकोत्सवको अवरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सरावगीले सहकारीले निक्षेप संकलन र ऋण लगानीको मात्रै काम नगरेर विदेश जाने युवालाई स्वेदशमै रोक्नका लागि कृषि र रोजगारी श्रृजनामा सहकारीको महत्वपुर्ण योगदान रहेको बताउँनुभएको छ ।
सोही अवशरमा मन्त्री सरावगीले सहारा नेपालले संचालनमा ल्याएको एटिएम सेवाको सुरुवात गर्नुको साथै विद्यार्थीहरुलाई छात्रवृत्ति र सास्कृतिको संरक्षणका लागि महिला हरुले संचालन गरेको रामचौक नौमती पंञ्चेबाजाको समुहलाई नौमती पंञ्चेबाजा समेत हस्तानतरण गरिएको थियो ।
कार्यक्रममा सहरा नेपालका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीले ३३ जना शेयर सदस्यबाट सुरु गरिएको यस सहारा नेपालमा अहिले एक लाख ६० हजार शेयर सदस्य रहेको र सहकारीकै माध्यमबाट झापालाई मासुमा समेत आत्मनिर्भर बनाउन सकेको जानकारी दिनुभयो । गिरीले आजसम्म सहकारीले एकजना पनि ऋणिको धितो लिलामीमा लैजानु नपरेको समेत जाननकारी गराउँनुभयो । सहकारीको शेयर पुजीमात्रै १ अर्ब ६५ करोड, बचत ९ अर्ब ५६ करोड, ऋण लगानी १३ अर्ब १६ करोड रहेको साहाराका कार्यकारी निर्देशक गिरीले बताउँनुभयो ।
कार्यक्रममा एमालेका जिल्ला पार्टी अध्यक्ष दिपक कार्की, कांग्रेसका जिल्ला सभापति देउमान थेबे, राप्रपाका जिल्ला अध्यक्ष केशवकुमार ओझा, सहकारीका जिल्ला अध्यक्ष गणेश ढकाल, सहाराका संरक्षक नगराथ गिरी लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Trending
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- निर्वाचनबाटै बिद्यालयमा उम्मेदवार छनौट गर्दै बिद्योदय अङ्ग्रेजी माबि
- वाइसीएलको जिल्ला भेला सम्पन्न, डेबिट शाहीको नेतृत्वमा नयाँ समिति चयन