कनकाई अनलाईन
आगामी फागुन २८ गतेदेखि ५ दिनसम्म कनकाई नगरपालिका भित्रका सबै नागरिकलाई हात्ती पाइले तथा जुकाको औषधि ख्वाइने भएको छ ।
औषधि सेवनका लागि पहिलो चरणको योजना तर्जुमा गोष्ठी समेत सम्पन्न भएको छ । झापा जिल्लाका लागि यो ११ औ चरणको औषधि ख्वाइने आम अभियान हो । प्रदेश नम्बर एकमा झापा र मोरङ्गमा यो अभियान संचालन हुदै आएको झापाका जनस्वास्थ्य फोकल पर्सन जीवन चम्लगाईले बताउँनुभयो ।
कनकाई नगरपालिकाका लागि आयोजित योजना तर्जुमा गोष्ठीमा कनकाई नगरपालिकाले समेत यस अधियानलाई कोरोना खोपकै शैलीमा संचालन गर्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो । हामीले सबै नगरवाशी संघ संस्थाका प्रतिनिधि, राजनैतिक दल कर्मचारी र सरोकार वाला निकायलाई औषधि ख्याउने र सचेतना जगाउने अभियानमा सहभागि गराउने छौ । टोल टोलबाट समेत जुन टोल विकास समितिले राम्रो काम गर्छ कामको मुल्याङ्गन गरेर पुरस्कृत लगायातका कार्यक्रम ल्याउने छौ नगरप्रमुख पोखरेलले भन्नुभयो ।
नगरपालिकामा हात्तीपाइले रोग विरुद्वको आमऔषधी सेवन कार्यक्रम अन्तरगत योजना तर्जुमा तथा बहु निकाय गोष्ठीमा वार्डअध्यक्ष, जनप्रतिनिधि, प्रहरी, पत्रकार र सरोकार वाला निकायको उपस्थिति रहेको थियो । स्वास्थ्य शाखाको आयोजनामा बुधबार सम्पन्न गोष्ठीमा फागुन २८ गतेदेखि सञ्चालन हुने हात्ती पाइले रोग विरुद्वको औषधी सेवन अभियानका बारेमा छलफल गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जिवन चौलागाईले अभियानको तयारी, औषधी खाँदा र ख्वाउँदाका विषयमा ध्यानदिनु पर्ने कुरा,अभियानको व्यवस्थापनका विषयमा प्रशिक्षण दिनुभयो । कनकाई नगरपालिकाका हात्तीपाइले रोग विरुद्वको आम औषधी सेवन कार्यक्रमका फोकल खगेन्द्र दगालले नगर क्षेत्रभित्र रहेका करिब ४९ हजार ५५५ जनालाई हात्तीपाइले रोग विरुद्वको औषधी ख्वाउने जानकारी दिनुभयो । उहाले कनकाईमा भाडामा बस्नेहरुलाई पनि औषधी ख्वाउनबाट बञ्चित नगरिने बताउनुभयो । यसअभियानका लागि कनकाईमा ४५ जना स्वास्थ्यकर्मी र २० जना स्वयमसेवक गरि ६५ जना खटाइने कनकाई स्वास्थ निर्देशक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । यसको लागि उनीहरुलाई तालिम प्रदान गर्ने काम भईरहेको पनि अधिकारीले बताउनुभयो ।
हात्तीपाइले रोग विरुद्वको औषधी २ वर्षभन्दा मुनिका बालबालिका, सिकिस्त बिरामी, गर्भवती महिला, ७ दिनसम्मको सुत्केरी बाहेकले निर्धक्क सेवन गर्न मिल्ने स्वास्थ्य कार्यालय झापाले जनाएको छ । फागुन २८ गतेदेखि शुरु हुने यो अभियान औषधी ख्वाई नसकुञ्जेलसम्म लगातार सञ्चालन हुने छ । गएको वर्ष यस अभियानमा कनकाईले ६७ प्रतिशत र स्वास्थ्य कार्यालय झापाले ८५ प्रतिशत प्रगति हासिल गरेको बताईएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख पिताम्बर गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, उप प्रमुख मन्जु प्रसाईं वडा न १ का प्रतिनिधि देबिप्रसाद अधिकारी, वडा नं. ३ वडाअध्यक्ष रुद्रप्रसाद चिमरिया, वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णबहादुर राई, वडा नंं. ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद ओली, वडा नं. ७ का वडाअध्यक्ष लीला बहादुर कन्दवा, ९ का वडाअध्यक्ष प्रेम राजबंशी, स्वास्थ्यकर्मी इन्द्रहरि भट्टराइर्, स्वास्थ्य कार्यालय झापाका प्रमुख जिवन चौलागाई, ईलाका प्रहरी कार्यालय सुरुङ्गा, ईलाका प्रहरी कार्यालय घैलाडुबाका प्रमुख, नगर कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य लगायत कनकाई नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य चौकी तथा नगरअस्पतालका कर्मचारीहरुकोसमेत उपस्थिति रहेको नगर स्वास्थ्य कर्मचारी अधिकारीले जानकारी दिनुभयो ।