सुजन शिवाकोटी, कनकाई सुरुङ्गा
प्यारी छोरी सिम्फनी
न्यानो माया,
आज तीम्रो जन्म दिन 🎂यो दिनको लागी धेरै धेरै सुभकामना आशीर्वाद तिमिलाई💝।
😎
प्यारी छोरी तीमीलाई आज पहिलो पत्र लेख्दा १५ वर्ष अगाड़ी ..तीम्रो मामुलाई छोरीको धेरै खÞ्याल गर है भनेर धेरै पत्र लेखेको थिए त्यो दिन को आज फेरी याद आयो ।
तिमी १६ औ बसन्त पार गर्दै १७ बसन्त पुगि सकेछौ समय कती छिट्टो बितेको समयलाई रोक्न सकिन । तर महशुस गर्न सकिंछ,तिमीले हामीलाई गरेको सहयोग अनि हामीले भनेका कुरा लाई तीमी ले आत्मासाथ गर्दै सहि मार्गमा तिमी गईरहेको हामीले महशुस गरिरहेको छौ । त्यसका लागि तीमीलाई धेरै धन्यवाद दिन चाहांछु ।
आज को दिन तिमीलाई लाई यो पत्र लेख्न पाउँदा अत्यन्त खूसी अनि गौरन्वित भएको महसूश गरिरहेको छु छोरी,😀तीमी हाम्रो परिवारको नजÞर मा परिवार को तारा🤩हौ प्रिय छोरी ।
तीमी सानो छौ सानो लाग्छ सानै लाग्दोरहेछ सधैंभरी तर तीम्रो उमेर लाई सम्झिदा तीमीले धेरै चुनौती संग सामना गर्नु पर्ने लड्नु पर्ने छ ! तीम्रो ऊमेर संग आएका हरेक कुरा हरु तीम्रो लागी नया ,नया हुनेछन तीमीले कुन कुरा ठीक कुन गलत छुटाऊँन पनी तीम्रो लागी चुनौती हुनेछ ।
तसर्थ तीमी मानसिक रुपमा र शारीरिक रुपमा तयार रहनु पर्ने दिन आएको छ मेरी छोरी ।
छोरी तिमीलाई लाग्छ, पापा ले किन मलाई यती धेरै निगरानी गरि राख्नु हुन्छ मेरो ? बिश्वास गर्नु हुन्न मलाई जस्तो कुरा हरु मनमा आएको हुन्छ होला तिमीलाई 😍 किन भने हामी तिम्रो आऊने जीवन सफल ,सबल र देश को नाम बिश्वसामु चिनाई आफ्नो नाम रोशन गर्नेछौ भन्नको खातिर हो यो सव गरेको मेरी छोरी ।
तिमीले देखी राखेको छौ सामाजिक संजाल मा देखिएका विकृति ,विसंगति ❕अलिकती राम्रो कुरा लाई बुझेर आफुलाई सम्हालन नसक्दा गायिका समीक्षा अधिकारीको र उनको परिवार लाई परेको दुःख कस्तो होला ? महशुस गर्न नि गाह्रो छ कस्तो कठिन परिस्थिति भैरहेको होला ? भन्छन नि लाख लीटर दुध मा एक थोपा विष काफी हुन्छ मेरी छोरी । त्येसैले तिमीले बुझेका सबै कुरा सही नहुन पनि त सक्छन नि मेरी छोरी । तिमीले देखेको सबैकुरा ठीक नहुन सक्छ, तीम्रो उज्जवल भविष्य को लागी हामी तिमीलाई सधै सधै नियालि रहेको हुनछौ मेरी छोरी ! 😍
प्यारी छोरी अब तिमी बुज्ने भएकी छौ आफैले डिसाइड गर्न सक्ने भएको छौ । तीमी ती कुरा लाई मनन गर जुन कुरामा तीमीले आफ्नो गन्तव्य खोज्न सक्छौ । 💝🥰😀
म को हो? किन मैले यो संसार मा जन्म लिएको हो ? र किन हाम्रो देश नेपाल मा जन्मेको हो ?
मेरो चाहना 🙏तीमी सक्षम भई तीमीले बिश्वका युवालाई आफÞ्नो उदाहरणर प्रस्तुत गरेर सही मार्ग दिने छौ, 😎फेरी पनी तिमीलाई यो विशेष विशेष दिनमा तिम्रो जन्म दिनको धेरै धेरै शुभकामना ,आशीर्वाद छ तिमीलाई यो जन्मदिनको ! 💐💐
तिमीलाई धेरै धेरै माया गर्ने तिम्रो पापा
सुजन शिवाकोटी, कनकाई नगरपालिका ३, सुरुङ्गा, झापा 🌹🌹🌹